अखिल (क्रान्तिकारी)का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद रिहा भएका छन् । उनी मंगलबार अपरानह्न काठमाडौँ जिल्ला अदालतको आदेशमा सामान्य तारिखमा रिहा भएका हुन् ।

उषाकिरणलाई वीर अस्पतालमा बिरामी भेट्न जाँदा प्रहरीले साउन २९ गते मंगलबार बिहान ६ बजे गिरफ्तार गरेको थियो । आफ्ना नेताकार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको थियाे ।

केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका नेता–कार्यकर्तालाई शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने, गिरफ्तार गर्ने कार्य तीव्र पारेको छ । नेकपाका नेताकार्यकर्तालाई दमन, धरपकड गरेको भन्दै सो पार्टीले प्रतिरोध गर्दै आएको छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :