नेकपाका दुई नेता गिरफ्तारी विरुद्ध सर्वोच्चमा रिट

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’लाई गैर न्यायीक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । भुजेलको हकमा प्रतिमा भुजेल र केसीको हकमा कृष्णबहादुर विश्वकर्माले भदौ १७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

केसीको हकको रिटमा नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा (बादल) गृह मन्त्रालय सिंहदरबार काठमाडौँ, भक्तपुर जिल्ला अदालत भक्तपुर, प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँ, महानगरीय प्रहरी परिषर भक्तपुर, महानगरीय प्रहरी वृत ठिमी भक्तपुर, महानरीय प्रहरी वृत जगाती लगायतलाई विपक्षी बनाइएको छ । भने भुजेलको हकको रिटमा नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा (बादल) गृह मन्त्रालय सिंहदरबार काठमाडौँलगायतलाई विपक्ष बनाइएको छ ।

दर्ता भएको उक्त निवेदनमा दुवै नेतालाई राज्यले गैरन्यायिक ढंगले थुनामा राखेको जनाउँदै तुरुन्त रिहाइको माग गरिएको छ । नेकपाकी नेतृ भुजेललाई यही भदौ १२ गते काठमाडौँबाट गिरफ्तार गरी काभेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राख्दै आएको छ भने नेता केसीलाई भक्तपुरबाट साउन २२ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत भक्तपुरको आदेशमा रिहा भएलगत्तै केसीलाई भदौ ३ गते पुनः भक्तपुर प्रहरीले गिरफ्तार गरी अनुुसन्धानका लागि भन्दै जगाती प्रहरी हिरासतमा राख्दै आएको छ ।

हालसम्म नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पोलिटब्युरो सदस्यहरु पमद राई, उमा भुजेल, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरू किरण रार्इ, दिपेश रार्इ, टेकबहादुर केसी, असल खड्का, देवनाराण शाहलगायत सयौं  नेता-कार्यकर्ता प्रहरी हिरासतमा रहेका छन् ।
२०७५ भदौ १७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :