जातीय मुक्ति र वैज्ञानिक समाजवाद


विश्व जीवन र जगतकाे व्यवस्थापनमा धेरै ठूलठूला अप्रिय घटनाहरूको सामना गर्नुपरेको इतिहास अहिले पनि विभिन्न बहानामा जारी छ । राजनीतिक, भौगोलिक, आर्थिक, धार्मिक, भाषिक, लैङ्गिक, जातीय, भाषिक सांस्कृतिक परम्परा आदि विषयलाई आधार बनाई प्रत्यक्ष वा अप्रत्यक्ष लडाइँ भइरहेको छ । अब्राहम लिङ्कन र नेल्सन मन्डेलाजस्ता व्यक्तिहरूले पनि यो जातीय विभेदका बारेमा केही राहतस्वरूप सफलता हातपारेको उदाहरणहरू भए पनि यी यस्ता सफलताले खासै दीर्घकालीन महत्व राख्दैन । अहिले जातलाई विभिन्नखाले समस्याहरू बनाएर जातीय मुक्तिलाई अलमल पारिएको छ । खास गरेर विश्वमै जातका विषयमा अध्ययन गर्दा मानव विकासको इतिहासतर्पm हमीले दृष्टि लगाउने हो भने १५००० वर्षअघि मात्र वास्तविक मानव समुदायको विकास भएको देखिन्छ । एकथरी काम गर्ने र अर्कोथरी कामदार बनेका थिएनन् । एकथरी सधैँ काम गरिखाने र अर्कोथरी काम नगरी सधैँ बसीबसी अर्काको कमाइमाथि रजाइँ गरी खाने समाज बनेको थिएन । करिब ४५०० ई. पू. देखि मात्र मानव समुदाय दुई वर्गमा विभाजित भए । एकथरी काम गरी खाने र अर्कोथरी काम गराएर खाने । अर्कालाई काम गराउनेले जहिले पनि शोषण गर्दथ्यो । त्यसैले उनीहरू शोषक वर्ग भए भने काम गर्ने जहिले पनि ठगिन्थ्यो । त्यसैले काम गर्नेहरू शोषित वर्ग भए । जब समाजमा यसरी वर्ग देखाप¥यो तब त्यसपछिको सम्पूर्ण समय माक्र्सको शब्दमा भन्ने हो भने, ‘सम्पूर्ण इतिहास वर्गसङ्घर्षको इतिहास हो ।’ त्यो सङ्घर्ष आजसम्म पनि टुङ्गिएको छैन, निरन्तर चलिरहेको छ । चाहे त्यो वर्गसङ्घर्ष होस् अथवा जातीय वा राष्ट्रिय सङ्घर्ष कहिले कसरी टुङ्गिने हो ? चासोको विषय बनेको छ । तर के कुरो सत्य हो भने जबसम्म समाजमा जात रहन्छ तबसम्म वर्ग रहन्छ । जबसम्म वर्ग रहन्छ तबसम्म जात पनि रहन्छ । जबसम्म जातीय र वर्गीय विभेद रहन्छ तबसम्म सङ्घर्ष समाप्त हुनै सक्तैन । सङ्घर्ष निरन्तर चली नै रहन्छ ।

 

यहाँ जीवविकास र मानव चिन्तनसँगसँगै विश्वब्रह्माण्डको उत्पत्ति कसरी भयो ? हाम्रो सौर्यमण्डलभित्र यति सुन्दर जगत्् पृथ्वीको उत्पत्ति कसरी भयो ? यस धर्तीमा अनेकथरी वनस्पति, पानीमा बस्ने जीव, आकाशमा उड्ने चराचुरुङ्गी र जमिनमा बस्ने नानाथरी जीवजन्तुका साथै चेतनशील मानिसकै उत्पत्ति कसरी भयो ? यत्रो विश्व परिचालन गर्ने शक्ति वा सामथ्र्य कोसँग होला ? यसको नियम–पद्धति के हो ? भन्ने सवालहरू पनि उठ्छन् । यस्तैयस्तै चिन्तन र शोधखोजबाट जीवन र जगत्को उत्पत्तिबारेमा पनि प्रश्न उठ्नु स्वाभाविक हो । यसमा दुईथरी विचारधारा देखापर्दै आएका छन् ः एउटा सृष्टिवादी धारणा र अर्को विकासवादी धारणा । सृष्टिवादी धारणाले सुरुमा एउटा अति महान् चेतन शक्ति (ईश्वर) आपैmँ प्रकट भएर जगत् र जीवनको एकैसाथ सृष्टि गरेको र संसार सधैँ एउटै हिसाबले चल्ने कुरा मान्दछ । यो धारणा कल्पना र भावनाका आधारमा अडिएको छ । अर्को विकासवादी धारणाले जगत्लाई प्रकृतिको लामो विकासको नतिजा मान्दछ । त्यसअनुसार जीवहरू भौतिक संसारकै परिवर्तन र विकासवाट निस्केका हुन् । यी विश्व र जीवहरू सधैँ एकनास नरही सरलबाट जटिल हुँदै तल्लो तहबाट माथिल्लो तहतिर फेरिइरहन्छ । यो धारणा भौतिक नियमहरूको खोजका आधारमा अडिएको छ । महान् वैज्ञानिक स्टिफन हकिङ्सले उनको ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’ नामक पुस्तकमा ‘सानो ग्रहका हामी सामान्य नगन्य प्राणि हौँ । पृथ्वी ताराहरूको बीचमा एउटा सामान्य ग्रह हो । सूर्य आकाशगङ्गामध्ये एउटा कुनामा अवस्थित एउटा तारा हो । यही कारणले पृथ्वीका सानाठूला प्राणीहरूको हेरचाह भइरहेको छ’ भनेर लेखेका छन् । जसरी विज्ञान भौतिक पदार्थका मूल तत्वको खोजमा अणु, परमाणु, कण र विकणहरूसम्म पुग्यो त्यसरी नै जीवनका सुरुआतका खोजमा पनि सकेसम्म तल्लो तहमा पुगेर धुइँपत्ता लगाउने प्रयास गर्दैछ । पृथ्वीमा अहिले पनि तीनखाले जीवहरू छन् ः १) अकोशीय या प्राक्कोशीय जीव अर्थात् जीवकोष (ऋभ्ीी) तयार हुनुभन्दा पनि अघिल्लो चरणका जीव ‘भाइरस’ आदि, २) एककोशीय जीव ‘अमिवा’ आदि र ३) बहुकोशीय जीव, अमिवाभन्दा माथिका सबै प्राणीहरू । जीव बीज (प्रोटोप्लाज्म) को विकासबाट अमिवाजस्ता तानिँदै, चुँडिँदै, सङ्ख्या बढ्दै जाने एक जीवकोषीय प्राणीको उत्पत्ति भयो । त्यसपछि समुद्री किनाराको छिपछिपे तातोपानीको लेउजस्ता प्रारम्भिक वनस्पति र अति साना कीराहरू देखा पर्न थाले । तीनैवटा बिनाहाडका माछा (व्भ्ीीथ् ँक्ष्क्ज्) जस्ता अनेकौँ प्राणी बढ्दै गए । अनि तिनैको विकसित रूपमा डँडाल्नो नभएका माछा र अरू समुद्री जीवजन्तु हुँदै क्रमिक रूपमा मानवको पनि विकास भयो ।

प्रारम्भिक कालमा मानिसले भोजन र हिंश्रक जीवजन्तुबाट बाँच्नका लागि केही दर्जनको समूहमा बस्न थाले । यसलाई नै मानव युथ भनिन्थ्यो । केही बढी शक्तिशाली बन्नका लागि केही युवाहरू मिलेर गोत्र (कुल) बन्यो । केही गोत्रहरू मिलेर एउटा भाषा र एउटा रीतिस्थिति भएका केही ठूलो समूह बन्यो जसलाई गण वा कविला भनिन्थ्यो । जब प्रकृति निर्भर जीवनयापन गर्न बाध्य मानिसहरू आवश्यकताअनुसार खान नपाउने बेलासम्म मानव समुदायमा वर्गविभाजन देखिएको थिएन त्यतिबेलासम्म समाजमा शोषण गर्ने परम्परा जन्मेकै थिएन । आवश्यकताअनुसार खान नपाउँदा आफ्नै खेती पनि गर्ने सोचाइहरूको विकास भयो । सिकार गर्न ढुङ्गाको हतियार बनाउने, जमिनमुनिका कन्दमूल खाने र आगो के हो ? जङ्गली जनावर छोपेर पाल्तु बनाउने, अब ओढार मात्र हैन, टहरा छाप्रो कसरी बनाउने ? जस्ता चिन्ताहरू अगाडि बढे । जब मानिस खेतीपातीको युगमा पुगेपछि उसका समस्या झन् गहिरिए । अनेकथरी हातहतियार, भाँडाकुँडा घरगोठ र लगाउने लुगा, ओढ्ने कपडाको खाँचो बढ्दै गएको हुनाले ती सबै उब्जाउन ‘यो वस्तु के हो ? यस्तो चीज कसरी बन्छ ?’ भन्ने खोज र प्रयोगमा झन् गहिरो गहिरोसँग मेहनत र दिमाग नलगाई मान्छेले सुख पाउने कुरै भएन । किनकि ती नयाँ समस्याको समाधान नगरी मानव जातिले आफ्नो सुरक्षा नगरी आपूm बाँच्न सक्ने स्थिति थिएन । त्यसको फलस्वरूप खेतीपातीका लागि कुटोकोदालो, हँसिया, बन्चरो, हलोजुवा, दाइएका गोरुजस्ता साधनहरू आवश्यकता वा अभावको परिपूर्तिका लागि तयार भए । कोदालो कृषिबाट हलो कृषितर्पm मानवसमाज विकसित भयो । यसले उत्पादन पद्धतिमा पनि परिवर्तन ल्यायो र केही गण वा कविला मिलेर गाउँले समुदायमा परिवर्तन भयो । त्यसपछि मानव समुदायमा वर्गविभाजन देखियो र शोषक वर्गले शोषित वर्गलाई दमन गर्नका लागि राज्य उत्पत्तिसमेत भयो ।
यसरी आदिम साम्यवादी, दास, सामन्ती, साम्राज्यवाद, विस्तारवाद हुँदै दलाल सामाजिक पुँजीवादी व्यवस्थासम्म आइपुग्दा सबै राज्यले श्रमलाई मुद्रामा ढालेर शासकले शोषण गर्ने र शोषितहरूलाई झन्भन्दा झन् गरिब बनाउने औँलामा गनिने केही मुठीभरको व्यक्ति वा समूहले सबैलाई शासन गर्ने गर्दछन् । यही शासन गर्ने क्रममा वर्ग, लिङ्ग, श्रम, धर्म, संस्कारसंस्कृति, भाषा, भेष, शरीरको बनावटमा विभाजन गरी सामन्त राज्य सञ्चालनको चोर ढोका तयार गरेका हुन्छन् । श्रम गर्ने श्रमिकरुलाई विभिन्न जातजातिमा वर्गीकरण गरेर मानवीय आवश्यक काममा प्रयोग गरेको देखिन्छ । सीपका आधारमा कर्मचारी वा कुनै कामका पदहरू विभाजन गरेर श्रमिकश्रमिकबीचमा पनि विभेद उत्पन्न गरेर फुटाऊ र राज गरको रणनीति पनि लागू गरेको छ । दक्षिणएसियामा विद्यमान जातीय समस्याका अनुसन्धानकर्ता विश्लेषक डा. भीमराव अम्बेडकरले भनेका छन्, ‘जातीय विभाजन भनेको श्रमको मात्र विभाजन होइन, यो श्रमिकको पनि विभाजन हो । त्यसैले यहाँ वर्गसङ्घर्ष सफल गराउने हो भने पहिला जातको अन्त्यका लागि सङ्घर्ष गर्न जरुर छ ।’ अझ जातलाई धर्मसँग जोडेर वर्गभन्दा माथि जातलाई राखेर सामन्तहरूले आपूmलाई जे कुनै पनि विकल्पवाट गरिखाने वर्ग वा जातिलाई माथि आउन नदिन षड्यन्त्र गर्दछन् । फलस्वरूप एउटा मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकारबाट वञ्चित गराइन्छ । ब्राह्मणलाई उमेर वा नाताले जे भए पनि हजुरबा भनेर ढोग्नैपर्ने संस्कारको विकास गराइन्छ भनेपछि ब्राह्मणलाई आफ्नो जन्म दिने बाबाभन्दा माथिको श्रेणीमा राखेर जब आदर गर्नु बाध्य बनाइन्छ । ब्राह्मणलाई खुट्टाले छोयो भने मात्र पनि महापाप हुन्छ, कुट्नु–मार्नुको कुरै नगरौँ । पढ्ने–लेख्ने काम ब्राह्मणले मात्र गर्ने, पूजापाठजस्ता शुभलाभका कामकार्य ब्राह्मणले मात्र गर्छ । खेतीपाती, पशुपालनजस्ता काम क्षेत्रीहरूलाई गराउने । सेना वा लडाकु कामकार्यमा जनजातिहरूलाई मात्र राख्नुपर्छ । विभिन्न खालका औजार तथा वस्त्र लुगा सिलाउन तथा अन्य बाजा बजाउने, सीप कलाहरूका लागि दलित समुदायलाई प्रयोग गर्नुले नै एउटै उही मान्छेलाई वर्गीय रूपमा विभाजित गराई धर्मको खोलभित्र राखेर जातजातिेलाई विभेदको नीतिलाई व्यापक गरियो जुन धार्मिक विश्वासको जगमा जात प्रथा उभिएको छ । यसको अस्तित्वको समाप्तिबिना जातपात तोड्न सम्भव छैन ।

राज्यले भाषाको कारणले पनि विभेद गरेको छ । आपूm जन्मँदा घरपरिवारमा बोल्ने भाषालाई नियन्त्रण नै गरेर अन्य भाषालाई पठनपाठनको पाठ्यक्रम नै बनेन अर्थात् अन्य भाषाहरू निषेध भए । शासक जातिले अन्य मातृभाषा बोल्नेहरूको जिब्रो काट्यो, शासकहरूकै भाषा, संस्कार चालचलनहरू नै बोल्नुपर्ने र गर्नैपर्ने बाध्यकारी दमन नीतिका कारण असङ्ख्य मात्रामा भाषाको नाश गराइयो । जहाँ भाषामा नै अङ्कुश लगाइन्छ वा प्रतिकूल वातावरण बनाइन्छ त्यहाँ कसरी त्यो जातको प्रगति हुन्छ ? अर्काको वा दोस्रो भाषामा हुने र गरिने शिक्षा नीतिले लेख्न, पढ्न मात्र हैन, सबै क्षेत्रमा यसको असर पर्दछ । राज्यको नीति निर्माता त भइएन, निर्माण भइसकेपछि कार्यान्वयन तथा सञ्चालनमा पनि भाषाभेदकै कारण समस्याहरू बल्झिरहेका छन् । अर्थात् एक शब्दमा भन्ने हो भने भाषावाट उपेक्षा भएपछि सबै सामाजिक कामहरू प्रभावित हुन्छ । यसको निकास भनेकै बहुभाषा शिक्षाप्रणाली र स्वेच्छिक भाषामै राज्यको सबै तह र तप्कामा मातृभाषाबाटै सबै काम चल्ने नीतिको व्यापक परिचालन र प्रयोगमा राज्यले सञ्चालन गर्नुपर्दछ । भाषाका बारेमा क. स्टालिनले भनेका छन्, ‘चाहे अति पिछडिएको नै भए पनि एउटा सिङ्गो मानव समाजको आफ्नो बोलाइको भाषा नभएको कुरा इतिहास नै जान्दैन । आदिम वंश होस् वा भनौँ विगत शताब्दीका अस्ट्रेलियालीहरू वा टियराडेल फ्युगेल्सभन्दा झन् आदिम भए पनि कुनै पिछडिएको वंशसित आफ्नो बोलाइको भाषा नभएको कुरा जाति विज्ञान (भ्तजलयनचबउजथ) मा कहीँ पाइँदैन ।’ हो, हरेक जात र समुदायको आआफ्नो भाषा हुन्छ । त्यो भाषाको संरक्षण गर्ने, वृद्धि र विकामा प्रोत्साहन गर्नुको उल्टो त्यही भाषाकै कारण राज्यले भेद गर्दछ ।

चालचलन तथा संस्कारमा पनि राज्यले जबरजस्ती आफ्नो नीति लादेको छ । केही जात र समुदायमा गाईगोरुको मासु खाने चलन छ तर राज्यले हिन्दु धर्मअनुसार पुज्ने गरेको गाईको मासु खानेमाथि कारबाही गर्ने कानुन बनायो र आपैmँले पालेको पशुभन्दा निच भएर जेल सजाय भोग्न बाध्य बनाए । राष्ट्रिय जनावर गाई नै किन बनाइयो ? भैँसी, बाख्रा, कुकुर, बिरालो घरपालुवा जनावर छोडेर गाई नै बनाउनुको कारण व्याख्या र परिभाषामा जेजता लगाएर पूmलबुट्टा भरे पनि अन्ततः हिन्दुधर्ममा गरिएको गाईको अर्थ र महत्वअनुसार नै राष्ट्रिय जनावर गाई भयो । सार्वभौम जनताकै विषयलाई हेर्ने हो भने पनि बहुदलीय व्यवस्थामा एउटा राप्रपा दलको चुनावचिह्न र धर्मनिरपेक्ष राष्ट्रमा एउटा धर्मले मान्दै र पुज्दै गरेको गाई विवादित हुँदाहुँदै राष्ट्रिय जनावर घोषणा भयो । विकल्पमा राष्ट्रिय जनावरका लागि अति बहुमूल्य कस्तुरी, दुर्लभ जनावर एकसिङ्गे गैँडा किन भएनन् त राष्ट्रिय जनावर ? यसमा सब ब्राह्मणवादी उच्च अहंकारवाद नै हाबी भएको हो । केही जातिहरूमा फुपूचेला, मामाचेली र केहीमा मामाचेला, फुपूचेलीमा विवाह गर्ने परम्परा पनि छ तर यसैलाई हाडनाता भनेर वञ्चित गरियो । हुनत यो विवाह जेनेटिक रूपमा राम्रो नहोला तर यसको वैज्ञानिक कारणभन्दा पनि शासक जातिको नियन्त्रण नै हो । प्रायजसो दलित जनजातिको जन्म, मृत्यु, विवाह तथा सबैखाले भेटभोजमा घरपाला जाँडरक्सीको अनिवार्य प्रयोग छ तर राज्यले केमिकलमिश्रित महँगो जाँडरक्सी किन्न बाध्य बनाउन परम्परागत रूपमा बनाउदै आएको जाँडरक्सीलाई अवैध भन्दै राज्यले राज्य आतङ्क नै पैmलाएको छ । प्रायजसो जनजातिहरू जङ्गलको नजिक बस्दै आएको र राज्यभन्दा टाढा भएकाले जग्गाजमिन भोगचलन गर्दै आए पनि आफ्नो नाममा पास गर्न छुटेका कारण अहिले जङ्गल अतिक्रमणको आरोपमा सुकुमबासी बनाइँदैछन् । व्यक्तिका नाममा पास भएका जग्गाजमिनहरूमा वन्यजन्तु आरक्षण गर्ने निहँुमा हजाराँै बस्तीहरू उठाएर वा जङ्गली जनावरभन्दा पनि तल्लो दर्जामा उपेक्षा गरिएको छ । फटाहा तस्करहरूले गरेको चोर सिकारीको आरोपमा कयौँ जनजातिलाई बन्दी बनाइएको छ । अबको निकास के भन्ने सवालमा माक्र्स एङ्गेल्सको कम्युनिस्ट पार्टीमा उल्लिखित विचार राख्दा सान्दर्भिक होला ः ‘जुन अनुपातमा एक व्यक्तिद्वारा शोषणको अन्त्य हुन्छ त्यही अनुपातमा एक जातिद्वारा अर्को जातिको शोषणको पनि अन्त्य हुनेछ । जुन अनुपातमा जातिभित्र वर्गहरूबीचको वैरभाव बिलाउँछ त्यही अनुपातमा एक जातिप्रति अर्को जातिको शत्रुता पनि अन्त्य हुन्छ ।’ त्यसैले जुन प्रकारले शासक जातिहरूले धर्म, भाषा, संस्कार, चालचलन तथा वर्गीय रूपमा भएका राज्य व्यवस्थादेखिकै सबैखाले विभेदको अन्त्यका लागि एउटा आन्दोलनको आवश्यकता पर्दछ । त्यो नै त्यस्तो आन्दोलन होस्, यो मानवजीवन रहँदासम्म जातका विषयमा कहिल्यै अन्यायमा प¥यौँ भनेर रुन नपरोस् ।

अब हामीलाई के थाहाँ भयो भने क.लेनिनले भन्नु भए जस्तै ‘यसरी जातीय समस्या कुनै राज्यविशेषको आन्तरिक समस्या नरहीकन अब एक सामान्य तथा अन्तर्राष्ट्रिय समस्या बनेको छ ।’ सवैखालका विभेदका अन्त्य र समान न्यायका लागि राज्यसत्ताकै आवश्यकता हुन्छ । अब यही प्रश्न उठ्छ ः शोषित वर्गले कुन उपायबाट राज्यसत्ता कव्जा गर्न सक्तछ ? कतिपय शोषित वर्गका उद्धारक भनाउँदाहरू शान्तिपूर्ण बाटोको राग गाउँछन् र के भन्छन् भने क्रान्तिको बाटो हिंसापूर्ण र अप्ठ्यारो छ । जनताले प्रतिनिधि छान्न पाउने व्यवस्था भएका मुलुकमा शोषित जनताले संसद्मा आफ्नो पक्षको बहुमत बनाउन सक्छन् र यसरी सजिलै राज्यसत्ता हत्याउन सक्छन् । तर यो असम्भव कुरो हो । पुँजीपति र दलाल संसद्वादी संशोधनवादीहरूले शोषित जनतालाई सधैँ पुँजीवादी चुनावमा अल्मल्याइराख्न गरेको षड्यन्त्र हो । तथ्य के छ भने प्रतिनिधिसभा (संसद् वा जे भने पनि) दलाल, भ्रष्ट, शोषकको अनुहार छोप्ने पर्दा हो । एक त शोषित वर्गले शोषकहरूसँग चुनाव लडेर आफ्नो बहुमत प्राप्त गर्नै सक्तैन । अर्को कुरो यस्तो प्रतिनिधिसभालाई भङ्ग गरिदिन्छ । प्रतिनिभिसभा राज्यसत्ताको प्रयोग गरेर यस्तो प्रतिनिधिसभालाई भङ्ग गरिदिन्छ । प्रतिनिधिसभा राज्यसत्ता होइन । राज्यसत्ता भनेको त सशस्त्र फौज र अरू थुप्रै हाकिम भएको हिंसा गर्ने मेसिन हो । त्यसकारण शोषित वर्गले सत्ता कव्जा गर्न शासक वर्गविरुद्ध न्यायपूर्ण हिंसाको बाटोले नै जुध्नुपर्छ । दलाल संसदीय पुँजीवादीका प्रचारकका सिकार भएका धेरै मानिस हिंसाको कुरो गर्न डराउँछन् र क्रान्तिद्वारा सत्ता लिने कुरो खराब हो भन्ने भ्रम फिँजाउँछन् । वास्तवमा अर्कालाई नचुस्ने, पिरमर्का नपार्ने र गरिखाने जनता त्यसै कसैसँग लडाइँ गर्न चाहँदैनन् र यस्तो क्रान्ति पनि उनीहरूले रहर लागेर वा काम नपाएर गर्ने होइन । लडाइँको जरो नै दलाल संसदीय पुँजीवादीहरूको शोषण, दमन र उनीहरूले उत्पीडितहरूमाथि प्रयोग गरेको हिंसा हो । उत्पीडितहरूले संसारबाट उत्तरसाम्राज्यवाद, विस्तारवाद तथा दलाल पुँजीपतिहरूलाई निर्मूल पारेर वर्गविषमता, स्थायी शान्ति, दिगो विकास, स्वस्थ र समृद्ध मानवसमाज निर्माण गर्न सामाजिक दलाल पँुजीपति वर्गलाई जबरजस्ती सत्ताबाट फाल्नुपर्छ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्दछ ।
(लेखक मगर मुक्तिमोर्चा नेपालका महासचिव हुनुहुन्छ ।)
२०७५ भदौ १८ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :