प्रचण्डका ५० भन्दा बढी नेता-कार्याकर्ता विप्लवतिर

दार्चुला : क्रान्तिकारी ध्रुवीकरण देशैभरी तीव्र भइरहेको बेला दार्चुला जिल्लाको नौगाड गाँउपालिकाको साङपाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ समितिका ५० भन्दा बढी  नेता-कार्याकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पूर्व माओवादी केन्द्रको गाउँ विकास समितिको पूरै समिति नेकपामा प्रवेश भएको जानकारी नेकपाका दार्चुला जिल्ला इन्चार्ज रमेश नेपालीले दिएका छन् ।

प्रचण्डले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोशित क्रान्तिकारी जनता फेरि नेकपाले अभियान थालेपछि उत्साहित भएर नेकपामा आबद्ध भएका हुन् ।

पार्टी पवेश गर्ने हरु काे-काे छन् ?

पवेश गर्ने हरुमा रामसिंह ठगुन्ना, हरकसिंह ठगुन्ना, ललितसिंह बडाल, बहादुर ठगुन्ना, कम्मान ठगुन्ना, रमेश ठगुन्ना, किशनसिंह ठगुन्ना, काँसी ठगुन्ना, हरक ठगुन्ना, भक्त ठगुन्ना, नरसिंह ठगुन्ना, शंकरसिंह ठगुन्ना, पदम ठगुन्ना, गजेन्द्र ठगुन्ना, प्रेमसिंह, प्रकाश ठगुन्ना, मनजित ठगुन्ना, दुरा बडाल, पुनी ठगुन्ना, दुर्पती ठगुन्ना, शान्ति ठगुन्ना, हर्कामती ठगुन्ना, चाँखुरी ठगुन्ना, ऐती बडाल, लिलामती बडाल, बिस्मा ठगुन्ना, जगतसिंह ठगुन्ना, अजय बडाल, प्रेम बडाल, कट्मा ठगुन्ना, श्यामसिंह ठगुन्ना, खडक ठगुन्ना, विस्ना ठगुन्ना, निर्मला ठगुन्ना, सङसली ठगुन्ना, झुमकुरी ठगुन्न, अमरा ठगुन्ना, भैरब ठगुन्ना, जगत सिंह ठगुन्ना, मञ्जु ठगुन्ना, कलावती ठगुन्ना, नरेन्द्रसिंह ठगुन्ना, शेरसिंह ठगुन्ना, लगायत ५० जना बढी पूर्व माओवादी केन्द्रका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

जनवप्रवेशीहरुलाई जिल्ला इन्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका पूर्व गाविस अध्यक्ष रामसिंह ठगुन्नाले नेतृत्वले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोश पोखेका थिए ।

जनयुद्धकालमा जिल्ला इन्चार्ज उत्पादन गरेको यो गाँउ जहिले पनि राज्यको विरुद्धमा उभिने गरेको छ । जनयुद्धकालमा नेपाली सेनाले बिभत्स तरिकाले हत्या गरेका तत्कालीन जिल्ला इन्चार्ज विवेक ठगुन्नाको गाउँ हो ।

२०७५ भदौ १६ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :