अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

जतिबेला क्रान्तिकारी आन्दोलनहरू विकास भएका हुन्छन्, त्यतिबेलाअन्तर्राष्ट्रिय आन्दोलन पनि विकसित भएको पाइन्छ । युरोपमा वर्गसङ्घर्षको विकासभएकै समयमा कम्युनिस्ट लिग बनेको थियो । पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय बन्यो ।त्यो आन्दोलन प्रथम अन्तर्राष्ट्रिय हुँदै तेस्रो अन्तर्राष्ट्रियसम्म विकास भयो । मजदुरआन्दोलनमा साम्राज्यवादीहरूको घुसपैठ, कम्युनिस्ट नेताहरूमा बुर्जुवा सत्ताभित्रप्रवेश गर्ने अवसरवादी चरित्र, माक्र्सवादमा निरन्तर विकास गर्ने दार्शनिक नेताहरूकोअभाव र यसको निरन्तर संयोजन गर्न सक्ने पार्टीको अभावका कारण अन्तर्राष्ट्रियकम्युनिस्ट आन्दोलनमा फुट, विभाजन र निराशा आउने गरेको छ जसको परिणामप्रथम, दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटन भएका हुन् ।तेस्रो अन्तर्राष्ट्रियको विघटनपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाईसंयोजन गर्न विभिन्न कम्युनिस्ट पार्टीहरूले प्रयत्न गरे ।

ती प्रयत्नहरू केही समयसम्मचलिरहने भए पनि पछि पुनः विभाजन र विघटनमा पतन भएका छन् । त्यसमध्येकोएउटा पहलकदमी थियो क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को गठनर क्रियाशीलता । यो आन्दोलनको जन्म विभिन्न देशहरूमा कम्युनिस्ट आन्दोलनलेभोग्नुपरेको धक्का, विभिन्न देशहरूमा कम्युनिस्टहरूले क्रान्तिकारी कार्यदिशापरित्याग गरी संशोधनवादमा भएको पतन र त्यसप्रकारको संशोधनवादी विचारकाविरुद्ध वैचारिक सङ्घर्ष गर्दै पेरूमा विकास भएको जनयुद्धको पृष्ठभूमिमा भएकोथियो । यो आन्दोलनले विश्वमा कम्युनिस्टहरूलाई वैचारिक स्पष्टता दिने, कम्युनिस्टआन्दोलनभित्र चल्ने दुई लाइन सङ्घर्षलाई व्यवस्थित गर्ने, कम्युनिस्टहरूलाईएकताबद्ध गर्ने, विश्वका क्रान्तिकारी आन्दोलनलाई संयोजन गर्ने काम ग¥यो तरयो आन्दोलन नेपालमा भएको माओवादी आन्दोलनको पतनसँगै शिथिल बनेको छ ।यसलाई नयाँ उचाइमा उठाउनु आवश्यक बनेको छ ।

यसप्रकारको आन्दोलनको विकास गर्ने सन्दर्भमा अहिले केही महत्वपूर्ण बहसचलिरहेका छन् । हामीले लामो समयदेखि भन्दै आएका थियाँै कि क्रान्तिको पुनरावृत्तिहुँदैन, त्यसको विकास मात्र हुन्छ । यहाँ ‘मात्र’ भन्नुको तात्पर्य के हो भने जबसम्मकम्युनिस्टहरूले समाज विज्ञानमा विकास गर्न सक्दैनन्, वर्गसङ्घर्षमा विजय हासिलगर्न सजिलो हुँदैन । माक्र्सवादमा विकास गर्न सकेको कारणले रुसमा महान् अक्टोबरक्रान्ति भयो, माक्र्सवाद–लेनिनवादमा अरू विकास गरेको कारणले चीनमा जनवादीर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसको तात्पर्य जसरी पेरिस कम्युन गठनभयो, त्यही प्रकारले रुसी क्रान्ति हुन सक्दैनथ्यो । त्यस्तैगरी जुन तरिकाले रुसीक्रान्ति सम्पन्न गरियो, त्यसको नक्कल गरेको हुन्थ्यो भने चीनको क्रान्ति सम्भवहुँदैनथ्यो र यो पनि निश्चित हो कि भिन्न प्रकारको अवस्थामा रहेका क्युबा,कोरिया, भियतनाममा समेत चीन तथा रुसको नक्कल गरेको हुन्थ्यो भने त्यहाँपनि क्रान्ति सम्भव हुँदैनथ्यो ।

यो तथ्य विश्वका सबै मुलुकहरूमा जस्तै नेपालमापनि लागू हुन्छ । कुनै न कुनै रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्ननसकेको कारण अन्य मुलुकहरूमा क्रान्ति सम्पन्न हुन सकेका छैनन् । यो कुरासंसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूले महसुस गरेका छन् र यो समस्या समाधानगर्न आफ्ना तर्फबाट क्षमताअनुसारको प्रयत्न गरेका छन् । यसप्रकारको विकासकोनिरन्तरता थियो पेरूमा गोन्जालो विचार, अमेरिकामा नयाँ संश्लेषण…। यसप्रकारका प्रयत्नमा दुई प्रकारका समस्या देखापरेका छ ः पहिलोसमस्या भनेको यो प्रयत्नलाई विज्ञानको प्रमाणिकताबिना प्राधिकार सम्झने र दोस्रोसमस्या यसप्रकारको बहसलाई सुरुदेखि नै निषेध गरिदिने र निमिट्यान्न पारिदिने ।

सच्चा माओवादीले यी दुवै प्रकारका प्रवृत्तिबाट बच्न आवश्यक छ । ती विषयहरूलाईस्वस्थ प्रकारले बहसमा लैजानु आवश्यक छ ।नेपालमा नेपाली जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नहामीले एकीकृत जनक्रान्तिको कार्यदिशा उपर्युक्त हुने निक्र्योल गरेका छाँै । जसरीविज्ञानको क्षेत्रमा नयाँ समस्याको समाधान गर्न त्यस वस्तुको गति, त्यसको क्रियाप्रतिक्रिया, त्यसको उत्पत्ति र पतनको गहन अनुसन्धान गरिन्छ त्यसैगरी समाजविज्ञानमा पनि सामान्यतया वर्तमान विश्वमा र विशेषतः आफ्नो देशमा क्रान्तिसम्पन्न गर्न त्यस देशका विशेषताहरू, त्यसमा पैदा भएका अन्तरविरोधहरू, त्यसकोशक्ति सन्तुलन, त्यसका विकास प्रक्रियालगायत विषयहरूको गहिरो अनुसन्धानगर्नु आवश्यक हुन्छ । तसर्थ नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताहरूलाईसमात्नुपर्छ । ती विशेषताहरूमा हामीले भनेका छौँ ः

१) सामाजिक रूपमा गाउँ र सहरको दूरीमा परिवर्तन आएको छ । २) राजनीतिक सत्तामा दलाल पुँजीवाद हाबी रहेको छ । ३) दलाल पुँजीवादका कारण मध्यमवर्ग विकास भएको छ ।४) दलाल पुँजीवादको राष्ट्रघाती चरित्रका कारण देशमा देशभक्त शक्तिको विकासभएको छ । ५) जाति, जनजाति, मधेसी, दलित, मुस्लिमलगायत जाति, क्षेत्र, वर्ग र लिङ्गका समस्या समाधान भएका छैनन् । यी विशेषताहरूले नेपाललाई जनवादी तथावैज्ञानिक समाजवादी क्रान्तिमा पु¥याउनेछ । यसरी एकीकृत जनक्रान्तिकोकार्यदिशा मालेमावादमा विकास गर्ने माओवादी प्रयत्नमध्येको नवीनतम कडी हो ।सामान्यतया समकालीन समाजका जटिल अन्तरविरोधहरूको सर्वमान्य जबाफ तथा वैज्ञानिक समाधान दिन नसक्नुले कम्युनिस्टहरूमा वैचारिक विभाजन पैदा गर्छ ।यसप्रकारको वैचारिक विभाजन कालान्तरमा सङ्गठनात्मक विभाजनमा रूपान्तरितहुन्छ । यो कुरा विज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने वैज्ञानिकहरूको सन्दर्भमा पनि लागूहुन्छ । वैज्ञानिकहरू अध्ययनका क्रममा विभाजित रहे पनि प्रामाणिकताको समयमाधैर्य राख्न्छन् तर कम्युनिस्टहरूले निश्चित समयसम्म अनुसन्धान र वैज्ञानिकप्रामाणिकतासम्म किन पर्खन सक्दैनन् ? गम्भीर बहसको विषय बनेको छ ।अहिलेको दुनियाँमा तीन प्रकारका आन्दोलनहरू सशक्त रूपमा चलेका छन् ः

पहिलो हो– साम्राज्यवादविरोधी आन्दोलन, दोस्रो– राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनर तेस्रो– क्रान्तिकारी माओवादी आन्दोलन । यी आन्दोलनहरूमा कम्युनिस्टका विरुद्धसबै प्रकारका शक्तिहरू जस्तो साम्राज्यवाद, विस्तारवाद, दलाल पुँजीवाद तथासामन्तवादको आक्रमण हुने गरेको छ । वैचारिक रूपले पुँजीवादी तथा सामन्तवादी,धार्मिक अन्धविश्वासवादी, जातिवादी दृष्टिकोण कम्युनिस्टका विरुद्ध खनिने गरेकोछ । यसप्रकारको आक्रमणका कारण साम्राज्यवादविरोधी तथा राष्ट्रिय स्वाधीनताकाआन्दोलनसमेत कम्युनिस्टविरोधी हुने गरेको पाइन्छ तर जबसम्म यी तीन प्रकारकाआन्दोलनहरूको समायोजन गर्न सकिँदैन र त्यसमा सर्वहारावर्गले स्पष्ट दर्शन,सिद्धान्त, नीति र कार्यक्रमसहित अन्य आन्दोलनको संयोजनसहित नेतृत्व गर्नसक्दैन तबसम्म विश्वमा क्रान्तिकारी आन्दोलनको विकास हुन र विजयसम्म पुग्नकठिन हुनेछ । यसका लागि पहिलो सर्त क्रान्तिकारी माओवादी कम्युनिस्टको स्वतन्त्रआन्दोलन हो र दोस्रो अन्य आन्दोलनहरूलाई समायोजन गर्ने क्षमता हो । विश्वक्रान्तिको सन्दर्भ र कुनै पनि मुलुकमा हुने क्रान्तिका सन्दर्भमा यो नियम लागू हुन्छ ।

कम्युनिस्टको यही विशेषताका कारण नै साम्राज्यवाद तथा पुँजीवादले निरन्तरकम्युनिस्टका विरुद्ध भीषण हमला बोल्ने गरेका छन् । यो हमलाको विशेषता केरहेको छ भने कतिपय देशहरूमा साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्दागर्दै पनि तीआन्दोलन कि त धार्मिक आन्दोलनको सहारा लिन पुगेका छन् वा जनताका विरुद्धविशुद्ध आतङ्ककारी हुन पुगेका छन् । अहिले मध्यपूर्वमा तथा पश्चिमएसियामाविकास भएका आन्दोलनहरूलाई त्यस रूपमा लिनुपर्छ । साम्राज्यवादको लुटखसोट, जनतामाथिको दमन, सामाजिक जनजीवनमा दरिद्रता पैदा गर्नुको कारण मध्यपूर्वतथा पश्चिमएसियाका देशहरूमा साम्राज्यवादविरोधी आन्दोलनहरू चलिरहेकाछन् । साम्राज्यवादी शोषण–उत्पीडनबाट त्यहाँका जनताले समाजवादी क्रान्तिबिना मुक्ति प्राप्त गर्न सक्दैनन् तर साम्राज्यवादले एकातिर त्यहाँका उत्पीडित जनतामाधार्मिक कट्टरतावाद थोपरेको छ र अर्कोतिर आतङ्कवादका नाममा भीषण दमनगरेको छ । तर राजनीतिक रूपमा समाधान खोज्ने, संसारभरका उत्पीडित वर्ग रजातिहरूको एकता पैदा गर्ने कम्युनिस्टका विरुद्ध पनि भीषण हमला गर्दै आएको छ । यसको परिणाम के हुने गरेको छ भने साम्राज्यवादविरोधी सशस्त्र विद्रोह तथाआन्दोलन गरिरहेका उत्पीडित जनता त्यसको सहयोग गर्ने अर्को कम्युनिस्टबाटअलगथलग हुने गरेको छ ।

हुनत साम्राज्यवादले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न अन्ध–जातिवादतथा अन्ध–धार्मिक आन्दोलनमा प्रश्रय दिने गरेको छ तथापि उसको प्रतिगामी चाहनाविपरीत विश्वभरका उत्पीडित राष्ट्र र जनताका बीचमा माओवादी आन्दोलन विकसितर पुनर्जीवित हुँदै पनि गइरहेको छ । यसप्रकारको अन्तर्राष्ट्रियतावादी आन्दोलनलाईसंयोजन गर्नु, विकास गर्नु र जनतालाई राजनीतिक, वैचारिक र दार्शनिक रूपमाविश्वस्त गर्नु अहिलेको कम्युनिस्ट आन्दोलनको विशेष कार्यभार हो ।

यी समस्याको सही जबाफ आज संसारभरका उत्पीडित जनतालाई चाहिएकोछ जसबाट उसले मुक्तिको बाटोमा ठीक तरिकाले विकास गर्न सकोस् । दक्षिण एसिया क्रान्तिकारी आन्दोलनको उर्बरभूमि बन्दै आएको थियो तर क्रान्तिकारीआन्दोलनको कमजोरी र यसले नेतृत्व लिन नसक्ने अवस्थाका कारण यो कट्टरजातिवाद तथा धार्मिक सङ्कीर्णतावादतर्फ बढ्ने खतरा पैदा हुँदैछ । क्रान्तिकारीआन्दोलनको स्थान यसप्रकारका विकृतिले लिने खतरा पैदा भएको छ । यसप्रकारकोकट्टरपन्थको जति विकास हुन्छ साम्राज्यवादका लागि नरसंहार गर्नु त्यति नै सहज र निर्णायक हुने गर्दछ । अन्धराष्ट्रवाद, जातिवाद, धार्मिक कट्टरतावादी आन्दोलनकोखतरनाक अवस्थालाई रोक्नका लागि र उत्पीडित जनतालाई मुक्तिको सही बाटोमा डो¥याउनका लागि कम्युनिस्ट आन्दोलनको विकास आवश्यक छ । माओवादी आन्दोलनमा देखापरेका समस्याहरूको सही पहिचान गर्नका लागि र जनतालाईसङ्गठित गर्न अहिलेको विश्वका तमाम भ्रमहरू, तमाम समस्याहरू र तमामतर्कहरूको जबाफ कम्युनिस्टहरूले दिनुपर्नेछ ।

यसप्रकारका प्रश्नहरूको जबाफ दिन माओवादी आन्दोलन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एकीकृत र सङ्गठित हुनु अहिलेको आवश्यकता बनेको छ । त्यसका लागिक्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को पुनर्गठन, क्षेत्रीय प्रश्नमा माओवादीआन्दोलनको समन्वय गर्न कम्पोसाजस्ता संयोजनकारी सङ्गठनको पुनर्गठन, तथाविश्व प्रतिरोध मञ्चको (डब्लूपीआरएम) जस्ता सङ्गठनहरूको परिचालन अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । सामाजिक क्रान्तिका सन्दर्भमा हुने अनुसन्धानकाविषयहरूको बहसलाई अन्तरसङ्घर्षको रूपमा एक ठाउँमा चलाउँदै वर्गसङ्घर्षका विषयहरूमा सहकार्य गर्नु कम्युनिस्टहरूको पहिलो कर्तव्य हो । यसप्रकारको कार्यशैलीर बुझाइले मात्र अराजकतावादीहरू, सङ्कीर्णतावादीहरू, पुँजीवादका प्रतिनिधिहरू,सुधारवादी तथा संशोधनवादीहरूलाई कम्युनिस्ट आन्दोलनबाट अलग गर्न सकिन्छ रसही अर्थमा क्रान्तिकारी आन्दोलनको विकास गर्न सकिन्छ ।

२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!