कञ्चनपुरमा फेरि बलात्कारपछि बालिकाको हत्या, देशभर बलात्कार र हत्याका घटना अत्यधिक

काठमाडौँ : देशभर बलात्कार र हत्याका घटना अत्यधिक बढेका छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा देश आन्दोलित भइरहेकै समयमा जनकपुरमा शर्मिष्ठा सुवेदी बरालको हत्या गुपचुप पारिएको र किटानी जाहेरी अभियुक्तलाई सत्ताको आडमा बचाइएको सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता बिष्टको बलात्कारपछि हत्या भएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले जनाएको छ ।

छोरी हराएको दिन असार २६ गते दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताएका छन् ।

कर्णबहादुरले भने, ‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटकपटक आग्रह ग¥यौँ तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ । मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज महरा पक्राउ परे ।’
तर प्रहरीले कुनै आधार नै नदेखाई पछि नवराज निर्दोष देखिएको भन्दै छाडेको कर्णबहादुरको भनाइ छ ।

उनले भने, ‘अहिले त झन् घटनालाई आत्महत्या बनाएर मदन र भरतलाई पनि छाड्ने तयारी गरिरहेका छन् । यसका पछाडि राजनीतिक दबाब छ भन्ने सुनेको छु ।’ 

गरिबका पक्षमा प्रहरीले कहिल्यै काम गरेन’, उनले भने । मदन र भरतले प्रहरीसँगको बयानमा कविताले आफ्नै जुत्ताको तुना जोडेर रूखमा झुन्डिएर आत्महत्या गरेको र आफूहरू फसिने डरले रूखबाट शव झिकेर गाडेको बयान दिएका छन् ।
यसरी दिनहुँ देशभर बलात्कार र हत्याका घटना भइरहँदा र बलात्कारीलाई फाँसीको माग भइरहँदा पनि केपी–पीके सरकार कानमा तेल हालेर सुतेको हो वा बलात्कारीलाई बचाउने योजनामा लागेको हो, प्रश्न उब्जिएको भुक्तभोगीहरू बताउँछन् ।


२०७५ भदौ १४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :