नेकपाका झापा सेक्रेटरी सुमनसहित १० जना गिरफ्तार

सुमनसिंह पौडेल

झापा : नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सेक्रेटरीसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेकाे  नेकपा मेची ब्युराेले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, चमनलाल माझी, चेसीभाई लिम्बु, भीम लिम्बु, चित्र विक, सुरेन्द्र मिश्र र इलाम जिल्ला सदस्य महोन बराल रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन लिम्बुले आफ्ना कार्यकर्तालाई बिनाकारण गिरफ्तारीको निन्दा गरेका छन् ।

उनले गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई तत्काल रिहाइ नगरे संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

२०७५ भदौ १४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :