नेकपाका २ सचिवालय सदस्य गिरफ्तार, नेकपा भक्तपुरद्वारा भत्र्सना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला सचिवालयका दुई सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । सूर्यविनायकबाट आफ्नो डेरामा पर्कने क्रममा मंगलबार साँझ ७ बजे सचिवालय सदस्य धुर्व किराँती र गुमुरा राईलाई प्रहरीले गिरफ्तार गरेको हो ।

नेकपा भक्तपुरका सेक्रेटरी लाल किरणले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै विरोध तथा भत्र्सना गरेका छन् ।

साथै गिरफ्तार दुबै जनालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार स्वयं हुने उनले बताएका छन् ।
२०७५ भदौ १४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :