नेकपाकी पोलिटब्युरो सदस्य शिलु गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई प्रहरीले गिरफ्तार गरेको छ । भुजेललाई काठमाडौँको वनस्थलीमा रहेको उनकै डेराबाट पक्राउ गरिएको नेकपाले जनाएको छ । सादा पोसाकमा रहेका नेपाल प्रहरीको सिआइवीको टोलीले भुजेललाई पक्राउ गरी लगेको उनको परिवारले जानकारी दिएको छ ।

प्रहरीले यस अघि पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युराे सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की केन्द्रीय सदस्य तथा नेकपाका कोशी ब्युराे इन्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, देबनारायण शाह, टेकबहादुर केसी लाई पक्राउ गरी हिरासतमा राखेको छ ।

२०७५ भदौ १२ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :