प्रकाण्डको रिहाइको माग गर्दै प्रदर्शन

 गिरफतार गरिएका नेकपाका नेताकार्यकर्ता रिहाईको माग गर्दै सोमबार कालिकोटमा गरिएको प्रर्दशन

काठमाडौँ :    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताकार्यकर्ताको रिहाइको माग गर्दै सोमबार देशका विभिन्न ठाँउमा प्रदर्शन भएको छ । सोमबार साँझ काठमाडौँ लगायत देशका विभिन्न ठाँउमा मशाल जुलुस निकालिएको छ ।  जुलुसमा सहभागीहरुले नेकपाका नेता प्रकाण्ड लगायतलाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् ।
               यस्तै प्रकाण्डको गृहजिल्ला कालिकोटको माल्कोटमा स्थानीय जनताले प्रर्दशन गरेका छन् । सरकारले झुटो मुद्दा लगाएर प्रकाण्डलाई बारम्बार पक्राउ गरेको भन्दै कालिकोट माल्कोटका स्थानीयहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीले प्रकाण्डलाई बारम्बार पक्राउ गरेर  सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको बताउदै तत्काल रिहा नगरे कडा प्रतिबाद गर्ने चेतावनी दिए ।

२०७५ भदौ ११ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :