पत्रकार संगठनको विषयमा नेकपाको आधिकारीक धारणा यस्तो आयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सो पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको विषयलाई लिएर केही संचारमाध्ययममा भ्रमपूर्ण समाचार आएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका कार्यालय सचिव ध्रुवले केन्द्रीय कार्यालयको तर्फबाट एक नोटिस जारी गर्दै क्रान्तिकारी पत्रकारिताको महत्वपुर्ण जिम्मेवारी पुरा गर्दै आएका उक्त संगठनका केही व्यक्तिहरुले संगठन र मातृ संस्थाका निर्णयहरुलाई लत्याउँदै अनावश्यक र भ्रामक प्रचार गरिरहेको बताएका छन् । साथै विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठनका बारेमा बाहिर चलाईएका भ्रामक प्रचारबाट मुक्त हुन र प्रकाश डुम्रेको नेतृत्वमा बनेको टीम नै आधिकारीक भएकोले अन्य सदस्यहरुलाई पनि उनकै नेतृत्वमा गोलबन्द हुन् देशभरी रहेका क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरिएको छ ।केही दिन पहिले केही अनलाइनहरुले विप्लव नेतृत्वको नेकपा निकट पत्रकारहरुको संगठन फुटेको भन्ने समाचार प्रकाशित गरेका थिए । सोही समाचारलाई लिएर सोमबार नेकपाको केन्द्रीय कार्यालय सचिवले आफ्नो पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् । 

२०७५ भदौ ११ गते सोमबार बिहान प्रकाशित

thumbnail of press10

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :