राजनीतिक विश्लेषक भन्छन् : भविस्यमा ठूलो आन्दोलन हुनसक्छ


काठमाडौं पुर्नगठीत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित काम गर्दै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी गरेका छन् । पछिल्लो समयमा देशको कुटनीतिक मामला निकै कमजोर भएको दावी गर्दै किरातीले जनयुद्धले उचाईमा पु¥याएको नेपाली राष्ट्रियता प्रचण्डले माओवादीलाई एमालेमा विलय गराएसँगै फिक्का भएको बताए । शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले यस्तो बताएका हुन् । पूर्व मन्त्री समेत रहेका किरातीले आफू संस्कृति मन्त्रीहुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने कोशिस गरेपनि प्रचण्डको कारण त्यो सम्भब नभएको स्मरण गरे ।
          राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवि प्रा.डा. गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बताए । उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे । डा.सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग आफ्नो राम्रो सम्बन्ध छ भन्नु लगत भएको बताउँदै डा. सिवाकोटीले भने, “चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो ? लिपुलेकको के भयो ? भनि प्रश्न गरे । भारतीयहरुले कोशी व्यारेज सुरक्षार्थ भन्दै आफ्नो सेना नेपालमै राख्न गरेको कोशीसलाई सिवाकोटोले शंकास्पद भनेका छन् ।
           यस्तै राजनीतिक विश्लेषक डा.केवी रोकायाले नेपालको वर्तमान शासकहरु पुराना भन्दा पनि गएगुज्रेका भन्दै उनिहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर अभिमुख भएको आरोप लगाए ।  यस्तै प्रा.डा.सुरेन्द्र केसीले २१ औं शताब्दिको परराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्ने बताए । नेपालको विदेश नीति पञ्चशीलको आधारमा हुनुपर्ने भन्दै सरकारको नीति मुखमा समाजवाद भन्ने तर व्यवहारमा विदेशीलाई फाइदा हुने र देशलाई टाट पल्टाउने नीति भएको बताए ।
            माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले वर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्लि आफै उडाएको बताए । उनले आफुहरु विप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार भएको घोषणा गरे । कार्यक्रमा अन्र्तराष्ट्रिय विभागका सदस्य प्रयासजंग अधिकारीले स्वागत भाषण गरेका थिए भने अर्का सदस्य बालकृष्ण लम्सालले सञ्चालन गरेका थिए ।

२०७५ भदौं १० गते आईतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :