जनगणतान्त्रिकमा महिला विभाग

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क समन्वय समाज अन्तर्गत महिला विभागको सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले हिरा गौचनको अध्यक्षतामा २१ सदस्यीय महिला विभाग गठन गरेको छ । जसको उपाध्यक्षमा सुस्मीता राइ, सचिवमा अनुसा पण्डित, सहसचिवमा सविना लामा र सरस्वती केसी, कोषाध्यक्षमा दुर्गा राउत, सह कोषाध्यक्षमा गंगा गुरुङ रहेका छन् । विभागका सदस्यहरुमा रत्न लामा, नविना तामाङ, मिना पुरी, सिर्जना थापा मगर, खेम कुमारी लिम्बु लगायत छन् । शनिबार सम्पन्न सम्मेलनका प्रमुख आतिथि नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ थिए । अन्य अतिथिहरुमा जनगणतान्त्रिक सम्पर्क समन्वय समाजका केन्द्रीय अध्यक्ष रत्न मगर, उपाध्यक्ष सुरेश अधिकारी, उद्धव पौडेल, उमा गुरुङ र हरि श्रेष्ठ लगायत उपस्थित थिए ।

२०७५ भदौ १० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :