नेकपाका प्रवक्ता प्रकाण्डलाई नुवाकोट लगियो

काठमाडौँ : सर्वोच्च अदालत परिसरबाट गिरफतार गरिएका नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलाई जिल्ला प्रहरीकार्यालय नुवाकोट लगिएको छ । बाटोमा अबरोध हुनसक्ने भएकोले बिहीबार राती ३ बजे नै प्रकाण्डलाई काठमाडौंबाट नुवाकोट पु¥याइएको हो । प्रकाण्डलाई बिहीबार दिउसो बन्दीप्रत्यक्षीकरणको रिटउपर सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहाको आदेश दिएको थियो । तर प्रहरीले अदालतबाटै प्रकाण्डलाई पक्राउ गरी भोजपुर लागे तयारी गरेको भएपनि भक्तपुरको साँगाबाट नुवाकोट पु¥याएको हो । सावन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएका प्रकाण्डलाई विनाकारण गैरन्यायीकतरीकाले पक्राउ गरिएकाे भन्दै नेकपाले बिनाशर्त रिहाईको माग गर्दै आइरहेको छ ।

२०७५ भदौ ८ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :