पहिरोले सडक अबरुद्ध, बाढिले गाडी बगायो

तस्बीर:दुर्गा बीसी

काठमाडौँ :अबिरल वर्षापछि आएको बाढि पहिरोले विभिन्नठाँउको जनजीवन प्रभावीत भएको छ । बर्षापछि खसेको पहिरोले  पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने थाक्रे गाउँपालिका ३ को भुमेस्थान र ५ को जुङगेखोलामा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । बर्षापछि आएको बाढीले सल्यानमा एउटा माइक्रोबस बगाएको छ । खोला पार गर्दै गर्दा बनगाड खोलामा आएको बाढीले गाडी बगाएको हो । गाडी बगाउन लागेपछि यात्रुहरु हाम फालेर बाँचेकाछन् । गाडी जाजरकोटबाट नेपालगन्जका लागि छुटेको थियो । यस्तै दुई हप्ता पहिले गएको पहिरोले अबरुद्ध भएको पासाङल्हामुराजमार्ग अझसम्म सञ्चालनमा आएको छैन । सडक अबरुद्ध भएसँगै सयौं मालबाहक ट्रक र कन्टेनर बाटोमै अलपत्र परेका छन् ।

२०७५ भदौ ८ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :