नेकपाका प्रवक्ता प्रकाण्ड दोस्रोपटक सर्वोच्च अदालतबाट गिरफ्तार

 

काठमाडाैँ : सर्वोच्च अदालतले रिहाको आदेश दिए लगत्तै नेकपाका प्रवक्ता प्रकाण्डलाई फेरि पक्राउ गरिएको छ । केही समय पहिले भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको मुद्दालगाई प्रहरीले पुन: अदालत परिसरबाटै पक्राउ गरेकाे हो । बिहीबार न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले प्रवक्ता प्रकाण्डलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हाे ।जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएका प्रकाण्डलाई सर्वोच्च अदालतले  बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बिहीबार रिहाको आदेश गरेको थियो ।

  सावन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएका प्रकाण्डलाई यसअघि पनि सर्वोच्चले रिहाईको आदेश  आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो ।

२०७५ भदाै ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :