नेपालमा पहिलोपटक उच्चशिक्षा अारम्भगर्ने त्रिचन्द्रको अवस्था

काठमाडौँ : स्थापनाको सय वर्ष पुरा गरिसकेको देशकै पुरानो कलेज त्रिचन्द्र कुनै बेलाको नामी कलेजकोरुपमा परिचित थियो । शिक्षा क्षेत्रमा बढेको निजीकरण र ब्यापारीकरणसँगै आधुनिक प्रविधिको प्रयोग सहित देशमा धमाधम निजी विद्यालयहरु खुल्न थालेपछि जनमानसमा त्रिचन्द्र जस्ता कलेजको गरिमा ओझेल पर्दैगएको अनुभुती हुन थाल्यो । अहिले पनि उक्त कलेजको नाम र सान महत्वपूर्ण मानिएपनि सरकारी निकायले यसको स्तरउन्नती र सुधारको पक्षमा ध्यान नदिदा त्रिचन्द्रको अवस्था दयनिय बन्न पुगेको छ ।
स्थापनाको १०१ वर्ष पुगेको अवसरमा मंगलबार त्रिचन्द्रमा एक कार्यक्रम भयो । उक्त कार्यक्रममा सरकारका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराम खनिया, शिक्षा अध्यक्ष सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती लगायत सहभागी थिए । सोही कार्यक्रममा त्रिचन्द्रमा निकै ठूलो योगदान पु¥याएको अर्थमा त्यँहाका केही ब्यक्तीहरु सम्मानीत भए । विभिन्न विद्यार्थी संगठनका प्रतिनिधी र शिक्षाक्षेत्रसँग सम्बन्धीत ब्यक्तिहरु सहभागी रहेको उक्त कार्यक्रममा शिक्षाको ब्यापार गर्नेहरु सम्मानित भएको भन्दै अखिल क्रान्तिकारीले बिरोध गरेको छ । प्रविधिको उच्चतम विकास भइसकेको आजको दुनियामा त्रिचन्द्रको अवस्था झन खस्कीएको भन्दै क्रार्यक्रममा क्रान्तिकारीले कलेजको स्तरउन्नतीको पक्षमा विभिन्न माग राख्यो । बिद्यार्थीको जीवनमा लागु हुने व्यवहारिक शिक्षा बनाउनुपर्ने भन्दै अखिल क्रान्तिकारीका त्रिचन्द्र इकाई अध्यक्ष रविन केसीले बिद्यार्थीलाई प्रदान गरिने रजिष्ट्रेसन कार्डवापत कलेजले ५ सय रुपैया लिने गरेको बताए । कलेजले विद्यार्थीले दिने उक्त रजिष्ट्रेसन कार्डमा  पातलो कमसल खालको कागज प्रयाेग गरेको भन्दै क्रान्तिकारीका अध्यक्ष केसीले यसलाई डिजीटल बनाउनुपर्ने माग राखे । बैज्ञानिक तथा समाजवादी शिक्षा स्थापनाको बाटोमा अघि बढेको आफनो विद्यार्थी संगठनलाई कलेज सम्बद्ध केही ब्यक्तिहरुले पुलीस प्रशासन लगाएर दबाउने कोशिस गरेको भन्दै केसीले त्यसको प्रतिरोध गर्ने चेतावनी दिए । उनले भने–‘हाम्रो संगठन अखिल क्रान्तिकारीलाई त्रिचन्द्रको १०१ औं बार्षिकोत्सवमा सुरक्षा थ्रेड हुन्छ भन्दै बोल्न नदिने कोसिस गरियो । हाम्रो संगठनले शैक्षिक माफियाहरुका हर्कतको पर्दापास गर्दछ भन्ने डरले प्रहरीलगाई कार्यक्रममा नबोल्न भनियो । कलेज परिसरभित्र गाजा खाने गजेडीहरुलाई केही गर्न नसक्ने तर अखिल क्रान्तिकारीलाई सुरक्षा थ्रेड हुन्छ भनेर कार्यक्रममा नआउनु भन्नुको अर्थ केहो ?  

त्रिचन्द्र कलेज चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा बि.स.१९७५ मा स्थापना भएको  नेपालको पहिलो उच्च शिक्षा दिने कलेज हो । त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवतरूपमा उच्च शिक्षाको इतिहास आरम्भ भएको हो। तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको पालामा शिलान्यास भएको यस कलेजकाे नाम त्रिभुवन चन्द्र कलेज भनिए पनि वि.स.१९८१ बाट यसलाई त्रिचन्द्र कलेज मात्र भनिएको थियो । २०३०को नयाँ शिक्षा पछि  यस ऐतिहासिक क्याम्पसको नाम त्रिभुवन क्याम्पस हुन पुगेको छ।

२०७५ भदौ ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :