कञ्चनपुरमा गोली चल्याे, चार जना घाइते

काठमाडौं : बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाका सम्बन्धमा वास्तविकता लुकाउन खोजेको भन्दै स्थानियबासीले गरेको आन्दोलनमा प्रहरीले गोली प्रहार गरेको छ । गोली प्रहारबाट चार जना घाईते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा रहेका प्रदर्शनकारीहरुले ढुङ्गा मुढा गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ । घाईतेहरुको महाकाली अञ्चल अस्पलात कञ्चनपुरमा उपचार भईरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले निर्मलाको हत्यामा संलग्न भएको भन्दै भदौ ५ गते भीमदत्त नगरपालिका(१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । पक्राउ गरिएका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ । प्रदर्शन नरोकिएपछि प्रदेश ७ प्रहरीले अनुगमनका लागि एसएसपी बिक्रम चन्दलार्इ महेन्द्रनगर पठाएको छ ।

२०७५ भदाै ७ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :