नेकपाका अर्का नेता खड्का गिरफ्तार , सरकारी हर्कत बन्द नगरिए सशक्त सङ्घर्ष गर्न बाध्य हुने महासचिव विप्लवको चेतावनी


काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले भदौ ५ गते आफ्नो पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का (असल)लाई सरकारले गिरफ्तार गरी बेपत्ता पारेको बताएका छन् । विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शृङ्खलापूर्ण गिरफ्तारी तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई ससम्मान रिहा गर्न आग्रह गरेका छन् । आफ्नो पार्टी विरुद्ध सरकारले यस्तै हर्कत जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिँदै विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान गरेका छन् ।
विज्ञप्तिसहित


२०७५ भदौ ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :