बहुमतप्राप्त सरकारको पहिलो उपहार जनतालाई

काठमाडौँ  : नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले दुई तिहाइ बहुमत प्राप्त सरकारको पहिलो उपहार जनतालाई कर र महँगी भएको बताएका छन् । पेट्रोलियम पर्दाथ देखि खाद्य सामग्रीमा बढेको महँगीको मारले जनताको ढाड सेकिएको प्रस्ट गजुरेलले मध्यम वर्गसमेत खाद्य बस्तु किनेर खान नसक्ने अवस्थामा पुगेको बताए । सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनतालाई थप मार पारेको उनले बताए । बिहीबार एक सञ्चारमाध्यमसँग कुरा गर्दै गजुरेलले पेट्रोलियम पदार्थदेखि शिक्षा र स्वास्थ्य क्षेत्र माफियाकरण भइरहेको बताए । नेता गजुरेलले ओली नेतृत्वको सरकार प्रतिक्रियावादी भएको धारणाा ब्यक्त गरे ।  ६ महिनासम्म गरेका काम हेर्दा सरकार फासिवादतिर अगाडि बढेको उनकाे भनाइ थियाे। ओली नेतृत्वको सरकार पाँच वर्षसम्म चले मुलुक विदेशीको गुलाम बन्ने दाबी गरे । ओली दोस्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमण गएबाटै राष्ट्रिय स्वाधीनतामाथि  खतराको नयाँ शृखंला  सुरु भएको गजुरेलको भनाइ छ । 

२०७५ भदौ ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :