पक्राउ गरिएका नेता कार्यकर्ता तुरुन्त रिहा गर : अरुण, इन्चार्ज, नेकपा जनकपुर ब्युरो

पक्राउ परेका अादम कवारी र पुकार राम

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज अरुणले राजनैतिक अभियानमा सहभागी भएका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै विनाशर्त रिहाइको माग गरेका छन् । भाद्र ६ गते बुधबार दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै इन्चार्ज अरुणले सर्लाहीबाट मंगलबार राती पक्राउ गरिएका आफनो पार्टीका नेता-कार्यकर्ताहरुलाई विनाशर्त रिहा नगरे त्यसविरुद्ध संघर्ष गर्ने र त्यसको परिणाम स्वयं सरकार हुनुपर्ने चेतावनी दिएका छन् । साथै राजनैतिक अभियानमा सहभागी भएका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुबाट कापी, किताव, साइकल, पर्चा, पोष्टर, मोबायल जस्ता सामाग्री प्रहरीले लुटेर लगेको अरुणको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा उच्च मनोबलका साथ दृढतापूर्वक कार्ययोजना लागु गर्दै अभियानलाई निरन्तरता दिन अभियानटोलीलाई निर्देशन  पनि गरिएको छ ।

        विज्ञप्ति सहित :


२०७५ भाद्र ६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :