नेकपाका नेता-कार्यकर्ता गिरफ्तार

सप्तरी:  नेपाल कम्युनिस्ट पार्टीका  नेताकार्यकर्तालार्इ प्रहरीले  गिरफ्तार गरेकाे छ । गिरफ्तार पर्नेहरूमा नेकपा जनकपुर ब्युराे सदस्य आदम कवारी र कार्यकर्ता पुकार राम रहेका छन् । दुवैजनालार्इ जिल्लाकाे चन्द्रनगर गाउँपालिका माेहनपुरमा मदरसामा बसिरहेको अवस्थामा मंगलबार बेलुका ९ः३० बजे प्रहरीले गिरफ्तार गरेको हाे । सखुर मन्सुर र बिकाउ मन्सुरले प्रहरीलाई बोलाएर गिरफ्तार गराएको जानकारी स्थानीय बासिन्दाले दिएका छन् । आदम कवारी सहिद परिवारसमेत हुन् । 

२०७५ भदौ ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :