एसियाली खेलकुद शुरु, पदकको लागि नेपाललाई तेक्वान्दोबाट आश 

काठमाडौं : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव इण्डोनेसियाको जार्कातास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा  अाजबाट शुरु भएको छ । शनिबार बेलुका खेलको उद्घाटन त्यहाँका राष्ट्रपति जोको विडोडोले गरेका छन् । उद्घाटन समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएकाछन् ।
एक भव्य समारोहबीच उद्घाटन भएको खेलमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए ।
एसियाडमा गौरबशाली इतिहास बोकेको तेक्वान्दोबाट नेपालले पदक पाउने आशा गरेको छ । यस अघि १९९८ मा बैककमा भएको एसियाडमा तेक्वान्दोले रजतपदक जितेर इतिहास बनाएको छ । अहिले सम्म नेपालले स्वर्णपदक भने जितेको छैन तर १ रजतपदक २२ कास्यपदक जितेको छ । जर्कातामा आज देखी देखि शुरु भएकाे खेलमा नेपाली खेलाडिहरूले तेक्वान्दो, सुटिङ, भारोत्तोलन,कुस्ती,कबडि, फेन्सिङ, ब्याडमिन्टन लगायतका खेलमा प्रतिस्पर्धा गर्दैछन् । यसपाली नेपाली खेलाडिहरुले बिदेशमा पनि गएर प्रशिक्षण लिएको र मेहेनत गरेकोले पदकको राम्रो आशा गरिएको छ । यी खेलमध्ये तेक्वान्दोबाट नेपालले पदकको बढि आशा गरेको छ । यसअघिको नेपालको रजतपदकको इतिहास पनि तेक्वान्दोकै रहेको छ । एसियाड प्रतियोगितामा नेपालसहित एसियाका ४५ देशका ११ हजार ५ सय खेलाडी प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाली टोलीको नेतृत्व खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन् ।

२०७५ भाद्र ३ गते आइतबार बिहान १० : ३० मा प्रकाशतित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :