भदौ १ देखि ४ महिने अभियानमा होमियो नेकपा

अम्बिका चन्द / काठमाडौँ : चार महिने एकीकृत जनजागरण अभियान संचालन गरेको नेपाल कम्युनिस्ट पार्टीले फेरी पनि चार महिने देश ब्यापी ‘संगठन सुदृढिकरण तथा विस्तार अभियान’ संचालन गरेको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार भदौं १ गते शुक्रबार यो अभियानको उद्घाटन गरिएको छ । जस अन्तर्गत नेकपाको चारवटै कमाण्डमा अभियान उद्घाटनका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

नेकपाका एक केन्द्रीय नेताका अनुसार आगामी चार महिनासम्म देश ब्यापी संचालन हुने उक्त अभियान जनजीवीका राष्ट्रियता र जनाधार निर्माणका विषयमा केन्द्रीत हुने छ । इतिहासमा राष्ट्रियता सर्वाधिक कमजोर बनेको निस्कर्ष सहित जनतालाई जागरुप बनाउनको लागि जनजीविका र राष्ट्रियताको मुद्दा आम जनतामा लैजाने उक्त अभियानको उदेश्य रहनेछ । अभियान अवधिमा पार्टीको आन्तरिक पंक्तीलाई सुदृढ गर्नको लागि संगठन निर्माण तथा विस्तार गरिने छ । राजनैतिकरुपले नेता, कार्यकर्ता र जनतालाई जोड्न, संघर्षलाई नयाँ उचाईमा उठाउन र वैज्ञानिक समाजवादी अर्थतन्त्रको विकास गर्नका लागि उक्त अभियान संचालन गर्न लागिएको नेकपाले बताएको छ । अभियानको अवधिमा नेकपा सबै तहका नेताकार्यकर्ता जनतासँग गएर जनसेवाका काम पनि गर्नेछन् । यस्तै उनीहरुले आफ्नो पार्टीको कार्यनीतिक कार्यक्रम एकीकृत जनक्रान्ति र रणनीतिक कार्यक्रम वैज्ञानिक समाजवादको बारेमा पार्टी पंक्तीलाई प्रशिक्षीत गर्नेछन् भने जनतालाई पनि आफ्नो कार्यक्रमबारे बुझाउन कोशिस गर्नेछन ।

नेकपाका नेताहरु भन्छन् –‘जनताका जनजीवीका सवालहरुको बारेमा छलफल र बहस गर्न, पार्टीको जनाधार निर्माण गर्न र राष्ट्रियताप्रति जनतालाई जागरुप बनाउन विचारधारात्मक र राजनैतिक रुपले नेता कार्यकर्ता र जनतालाई जोड्न, संघर्षलाई नयाँ उचाईमा पु¥याउन र वैज्ञानिक समाजवादी अर्थतन्त्रको विकास गर्न नेकपाले ‘संगठन सृदृढिकरण तथा विस्तार अभियान’ संचालन गर्ने निर्णय गरेको हो ।’ उक्त अभियानको क्रममा जनश्रम र जनसेवाका कामहरु पनि हुनेछन् । यो अवधिमा जनसत्ता गठन तथा विस्तार अभियान पनि अघि बढनेछ । यस्तै देशका विभिन्न ठाँउमा नमुना विकास निर्माणका नमुना कामहरु पनि सम्पन्न हुनेछन् ।

पार्टीमा पूर्णकालिन भएर कामगर्ने र परिवारलाई पनि पार्टी काममा लगाउने नेता कार्यकर्ता, आर्थिक आय कमजोर भएका तथा आवासको व्यवस्था नभएकाहरुलाई आवासको बन्दोबस्त गर्ने कार्यक्रम सो पार्टीको छ । यसअघि नै सो पार्टीले सल्लाहकार समितिका सचिव पवन आलेको आवास निर्माण गरेर यसको शुरुवात गरेको छ ।
२०७५ भदौ २ गते शिनबार मध्यान्न १२ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :