थबाङबाट गोरे दाइ काठमाडौँमा

नेपालको राजनीतिक इतिहासमा सुपरिचित नाम रोल्पाको थबाङ गाउँ जो सधैँ चर्चामा रहन्छ । त्यही चर्चित गाउँ थबाङका हित रोकामगर र दङ्गा रोकामगरबाट २००६ साल भदौ १२ गते जन्मनुभएका ६९ वर्षीय पूर्णबहादुर रोकामगर (गोरे दाइ) यति बेला काठमाडौँमा हुनुहुन्छ । गोरे दाइ थबाङको एउटा सङ्घर्षशील र सुन्दर इतिहास पनि हुनुहुन्छ । उहाँ राजनीतिक कार्यकर्ता मात्र होइन, स्रष्टा पनि हुनुहुन्छ । थबाङको पहिलो इतिहास उहाँले नै लेख्नुभयो । दसकौँदेखि क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र सिर्जनामा लागेर पनि गोरे दाइ कहिल्यै ठूलो पद र जिम्मेवारी लिन चाहनुहुन्न । जनताको मुक्ति नभएसम्म नमुस्कुराउने प्रतिबद्धता नै छ उहाँको । प्रस्तुत छ उहाँसँग भएको सङ्क्षिप्त कुराकानीको सार सङ्क्षेप :

»»  अचानक काठमाडौँमा भेटिनुभयो नि ? यहाँको बसाइ व्यवस्थापन कसरी गर्नुभएको छ ? स्वास्थ्य अवस्था कस्तो छ ?

हैन, बर्सात्का कारण रोल्पावाट आउँदा अढाइ घन्टाको बाटो बोकेरै ल्याइमागियो । पहाडी बाटो, कठिनाइका साथ काठमाडौँ आइपुगियो । मेरी श्रीमती इर्खमला रोकामगरको पनि हड्डीको समस्या छ । त्यसैले सँगै उपचारमा आएका छौँ । यहाँ मेरो कान्छो भाइ प्रवेशकुमार रोकामगर ऊ क्या हजुरहरूले चिन्नुहुन्छ, जनयुद्धदेखि नै क्रियाशील क. छिरिङ हो, उहाँले नै नयाँ बसपार्कमा भेटेर सहिद गङ्गालाल अस्पतालको आपत्कालीन उपचारकक्षमा उपचार गराइयो । रोग अलि जटिल रहेको र अप्रेसन गर्न तत्काल शारीरिक अवस्थाले पनि नधान्ने भएकाले केही समय औषधी खाई परीक्षण गरेर अप्रेसन गर्ने डाक्टरको सल्लाहबमोजिम आराम तथा औषधी सेवनमा रहेको छु । पैसा पनि अलि धेरै लाग्ने भएको छ । अहिले मेरी कान्छी छोरी लालकुमारी रोकामगरको घर सीतापाइलामा बसेको छु ।

»»  तपाईं त पुरानो मान्छे हुनुहुन्छ ! जन्म र जन्मथलोका बारेमा केही बताइदिनुस् न !

म खासै पुरानो त होइन, शारीरिक अस्वस्थताले गर्दा शरीर कमजोर भयो । मेरो जन्म २००६ साल भदौ १२ गते तत्कालीन थबाङ पञ्चायत वडा नं. ६ रोल्पामा भएको हो । मभन्दा राजनीति र उमेरले पनि बुढो मान्छे थबाङका बर्मन मुखिया हुन् ।

»» ए ! अनि बर्मन बुढामगर र थबाङको राजनीतिका बारेमा केही भनिदिनुस् न !

उनी राणा शासनमा मुखियाका सन्तान, पछि पञ्चायती व्यवस्थामा प्रधानपञ्च पनि भए । २०१३ सालमा थबाङमा उनीहरूले नै किसान सङ्गठन गठन गरी सञ्चालनमा ल्याएको हुनाले २०३७ सालमा थबाङले बहुदलीय व्यवस्थालाई मतदान ग¥यो भने २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचनमा थबाङले पूर्ण बहिष्कार गरेर शून्य मतपेटिका बनायो । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि २०४८ सालको संसदीय निर्वाचन उपयोग गर्न रोल्पाको क्षेत्र नं. २ बाट कृष्णबहादुर महरा र क्षेत्र नं. १ बाट उनै बर्मन बुढामगर (मुखिया÷प्रधान) संयुक्त जनमोर्चा नेपालबाट रोल्पाली सांसद बने । हामी साँच्चिकै सर्वहारा वर्गको मुक्तिका लगि लडिरहेका छौँ । बर्मन मुखियामा अहिले ढुलमूले राजनीतिक चरित्र देखिँदै छ । हुनत प्रचण्डसँग जनयुद्धको तयारीको बेलामा पनि हामी नीति र कार्यव्रmम हेरेर नेकपा (माओवादी) मा उठिसक्दा पनि उहाँले नेता त मोहनविक्रम सिंह नै हुन्, यी प्रचण्ड ठिटाहरू हुन् नै भन्नुहुन्थ्यो । पछि जनयुद्धमा सँगसँगै भइयो ।

»» तपाईंले राजनीति कहिलेदेखि कसरी सुरु गर्नुभयो ?

खास गरेर म विद्यालयमा पढ्न नपाएको व्यक्ति हुँ । आर्थिक पारिवारिक कारणले कक्षा दुईमा पढिरहेको बेला भेडाबाख्रा ग्वाला (गोठालो) बस्नुप¥यो । २०२४ सालमा ६ महिने प्रौढशिक्षा कक्षा सञ्चालन हुने भयो । त्यसमा मैले पनि नाम लेखाएर पढ्न सुरु गरेँ । प्रौढशिक्षा ६ महिनाबाट ३ महिना समय थप भयो । म ९ महिना नियमित कक्षा लिने अर्थात् कहिल्यै गयल नभएर पढ्ने । यसैले सहभागीमध्येबाट प्रौढ शिक्षक खिमानसिंह गुरुङबाट पुरस्कृत पनि भएँ । यो प्रौढ शिक्षाले मलाई राम्ररी पढ्ने, लेख्ने र बुझ्ने पनि भइसकेको थिएँ । २०२८ सालमा मैले थबाङका तत्कालीन सेक्रेटरी क. सुकबहादुर बुढामगर ‘सूर्यलाल’ सँग पार्टी समर्थक सदस्य भइसकेकाले र म हुलाकको हल्कारा भएकाले बर्मन बुढामगरलाई चीन–नेपाल मैत्री सङ्घ, नेपाल–कोरिया मैत्री सङ्घका पत्रिका आउँथे । उक्त पत्रिका अध्ययन गर्दै गएँ । यसका साथसाथै चिनियाँ क्रान्तिको सफलता र कम्युनिस्ट व्यवस्था मानवहितमा हुन्छ र यसले नै सबैखालका जातीय, लैङ्गिक, क्षेत्रीय वर्गीय तथा सबैखाले विभेदको अन्त्य र जनताको शासन व्यवस्था र मुक्ति पाइन्छ भन्ने कुराले म स्पष्ट भइसकेको थिएँ– सर्वहारा, मजदुर, किसान तथा उत्पीडित समुदाय र वर्गको शासन नै कम्युनिस्ट व्यवस्था हो ।

२०३१ सालमा मेरो विवाह भयो । २०३२ सालमा तत्कालीन पार्टीका सीसीएम क. जलजलाबाट पार्टी सदस्यता पाएका थियौँ । उहाँ महिला हुनुहुन्थ्यो र त्योबेला नेताहरूको ठाउँठेगाना सोध्न मिल्दैनथ्यो । उहाँबाटै मलगायत तेजमन घर्तीमगर क. दीर्घ, बिन झाँक्री, हर्कबहादुर घर्तीमगर क. जयपाल, सूर्यबहादुर रोकामगर क. प्रदेश (उहाँ डोल्पा कारबाहीमा सहिद हुनुभयो) ले सदस्यता लिएका थियौँ । ०३६÷०३७ सालको बहुदल–निर्दल र २०३८ सालको चुनाव बहिष्कारमा पार्टीको नीति र कार्यक्रममा सक्रिmय भाग लिएँ र केही समय भूमिगत पनि भएँ तर घरपरिवारसँग बसेर मलाई फेरि हुलाककै जागिरमा पुनः काम गर्ने व्यवस्था मिलाइयो । मिरुल, जेलबाङ, उवा, थबाङलगायत रोल्पाका गाउँहरूमा सङ्गठन विस्तार र पार्टी निर्माणमा लागियो । बहुदलीय व्यवस्था स्थापनापछि पनि फेरि पार्टीको सङ्घर्षको उत्कर्षसँगसँगै मलाई बर्मन बुढामगरको घनिष्ट हो भनेर सरुवा गरेर रुकुम कोलमा कार्यरत भएँ । त्यहाँको हुलाकमा कार्यरत हुँदा दर्जनौँ सेल कमिटी र जवस सङ्गठन निर्माण गरेँ । त्यसपछि २०५२ साल नजिकतिर मलाई जाजरकोटको सिमाना चौरजहारी सरुवा गरियो । म त्यहाँ नगई पूर्णकालिन सदस्य भएर जनयुद्धमा सहभागी भएँ ।

»»  जनगणतन्त्र कोरियाप्रति रुचि राख्नुहुँदो रहेछ नि ?

हो, मैले किम इल सुङद्वारा प्रतिपादित जुछे विचारका केही पुस्तक अध्ययन गरेको छु । जनकेन्द्रित र आत्मनिर्भर सिद्धान्त भएकाले नै कोरियाले जापानी र अमेरिकी साम्राज्यवादबाट मुक्ति पायो र आजसम्म आफ्नै किसिमको समाजवादी व्यवस्था टिकाइहेको छ । साम्राज्यवादविरुद्ध निरन्तर लडिरहेको पनि छ । यसै मेसोमा समाजवाद आएका मुलुकहरुसँग वैचारिक–राजनीतिक सांस्कृतिक अनुभव आदानप्रदान गर्न गठित नेपाल–जनगणतन्त्र कोरिया लेखक–पत्रकार मञ्चमा रहेर अध्ययन अघि बढाइरहेको छु । नेपाल र नेपालजस्ता साम्राज्यवादबाट उत्पीडित राष्ट्रहरूले कोरियाबाट सिक्नुपर्छ ।

»» ‘क्रान्तिकारी इतिहास बोकेको थबाङ गाउँ’ पुस्तक प्रकाशन गर्नुभयो । त्यो खास गरेर किन र केका लागि लेख्ने प्रेरणा मिल्यो ?

“क्रान्तिकारी इतिहास बोकेको थबाङ गाउँ” पुस्तकमा हाम्रो ऐतिहासिक रूपमा आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपमा जसरी एउटा अजङ्गको पहाड भएर जसरी राणा शासनदेखि निर्दलीय पञ्चायती निरङ्कुश राजतन्त्र, तानाशाही व्यवस्था हुँदै बहुदलीय संवैधानिक राजतन्त्र खुनी व्यवस्थालाई दस वर्षको दीर्घकालीन जनयुद्धलाई एउटी आमाले जसरी आप्mनो बच्चाको स्याहारसुसार गर्दछ त्यसरी संरक्षणसमेत ग¥यो । यही गाउँले प्रचण्ड, किरण, बाबुराम, बादललगायत युद्धका कमान्डरहरूलाई आप्mनो ज्यानको परवाह नगरी सम्पूर्ण थबाङ गाउँ उठ्यो, बचायो । तर थबाङका बारेमा केही कोही बोलेनन् लेखेनन् । त्यसैले मैले मेहनतका साथ भाबी पुस्ताका लागि केही इतिहास लेख्न उत्प्रेरणा जाग्यो । केही खोज, केही अनुभूतिहरूलाई चिर्केटामा उतारेर लेख्न सुरु गरे । अन्ततः मैले दस बर्से जनयुद्धले जसरी राजतन्त्रकै अन्त्य ग¥यो । देश धर्मनिर्पेक्ष र केन्द्रीय सत्तालाई अहिले व्यवहारमा संशोधनवादीहरूले अन्य ढङ्गले चलाए पनि स्थानीय सत्तामा अधिकार लेख्न बाध्य बनाउन तत्कालीन थबाङ केन्द्रित राजनीतिले सफलता हासिल गरेको छ । यसलाई यो क्रान्तिकारी इतिहास बोकेको थबाङ गाउँ पुस्तकले थबाङ र रोल्पाका भावी सन्ततिलाई मात्र हैन, नेकपा (माओवादी) को दस वर्ष जनयुद्धको इतिहास अध्ययनका लागि र क्रान्तिकारी जनताको आधार तयार गर्न खेलिएका भूमिकाहरूलाई उल्लेख गर्ने प्रयास गरेको छु । हुनत यो पूर्ण छ भन्दिनँ । केही विषयवस्तुहरू संशोधन वा थपघट गर्नुपर्नेछ । मेरो स्वास्थ्य र समयले साथ दियो भने पुनः प्रकाशन गर्ने सोचाइ छ । अर्को कुरा मैले मेरो दैनिकी पनि प्रकाशन गर्ने सोचाइ बनाएको छ ।

»» त्यस्तो युद्धको घेराभित्र पनि दैनिकी लेख्न भ्याउनुभयो ?

मैले सबै भएगरेका अलि स्तरीय लागेमा आप्mनो डायरीमा लेख्ने गर्दछु । जनयुद्धपूर्वका लेखहरू त संरक्षण गर्न सकिएन । अर्को कुरो दस बर्से जनयुद्धका घटनाहरू युद्ध गतिविधिहरूमा हुने भएकाले पनि त्यसबेलाका घटना र कार्यहरूलाई पनि लेखिरहनु त्यति सान्दार्भिक लागेन । जब जनयुद्ध कथित शान्तिप्रक्रियाका नाममा गाउँबाट सहर घेर्ने, छोडेर चटक्कै गाउँ र जनयुद्धकालीन सम्पूर्ण मेहनतका उपलब्धिधहरूलाई छाडेर सहर हेर्न आएपछि मैले मेरो दैनिकी लेख्न सुरु गरेको हुँ । मैले आप्mना डायरी लेख्दै जाँदा अस्वस्थ भएपछि २०६९ चैत मसान्तदेखि दैनिकीलाई रोकेको छु । तर विशेष घटनाहरू भने लेख्न छोडेको छैन ।

»» तपाईले दसबर्से जनयुद्धपछिका घटनाक्रमलाई कसरी बुभ्mनुभएको छ ?

यो त पूरै विचलन नै हो नि ! हामीले चिनियाँ कम्युनिस्ट पार्टीको सफलतालाई जसरी बुझेका थियौँ र कोरियाका गतिविधिहरूको जसरी संश्लेषण गरेका थियौँ नेपालको क्रान्तिलाई र विश्व कम्युनिस्ट आन्दोलन त्यो व्यवहारमा नेतृत्वहरूले अर्थात् प्रचण्ड–बाबुरामहरूले जुन तरिकावाट धोका दिए त्यो नै नेपाली जनता र आन्दोलनका नेता, कार्यकर्ता, जनमुक्ति सेना अर्थात् समग्र युद्ध क्रान्ति र आन्दोलनलाई अतुलनीय क्षति भएको छ । सर्वहारा वर्गको मुक्तिका लागि सल्काइएको आगो सीमित व्यक्तिहरूको गोजी भर्न र पद पाउने साधनका रूपमा प्रयोग गरियो । तर अहिले जनयुद्धका कुशल योद्धा क. विप्लवको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको वैज्ञानिक समाजवाद साम्यवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशाले प्रचण्ड–बाबुरामले रछ्यानमा फालेको क्रान्तिको झन्डाले सबै क्रान्तिकारीहरूलाई न्याय गर्नेछ ।
२०७५ भदौ १ गते शुक्रबार दिउँसो २ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :