नेकपाका नेताकार्यकर्तालाई तत्काल रिहा गर – विरही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पुर्वी कमान्ड इन्चार्ज विरहीले पार्टी केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, कोशी ब्युरो इन्चार्ज किरण राई, युवा नेताहरु चन्द्र बुढाथोकी र राकेशकिरणलाई प्रहरीले  गिरफ्तार गरेकाे भन्दै बिराेध तथा भत्र्सना गरेकाछन् । साथै नेता विरहीले पार्टीका सबै नेताकार्यकर्तालाई  धैर्यता  र दृढतापुर्वक आ–आफ्नो मोर्चामा पहल कदमी लिन अनुरोध गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  विरहीले यस्तो  अनुरोध गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रियावादी तानाशाही सरकारले राज्य आतंक र ज्यादती तीव्र पार्दै लगेको छ । त्यसक्रममा साउन २९ गते साँझ ८ बजे धरानस्थित निवासबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, कोशी इन्चार्ज किरण राई, युवा नेताहरु चन्द्र बुढाथोकी, राकेशकिरणलाई डकैती शैलीमा गिरफ्तार गरी बेपत्ता पारेको छ । उहाँहरुलाई अज्ञात राखिएको छ । यो हर्कतले दलाल सरकार देशलाई गृहयुद्धतिर धकेल्दैछ भन्ने प्रष्ट भएको छ । हाम्रो पार्टी सरकारको यस प्रकारको ज्यादती र गैरन्यायीक गिरफ्तारीको निन्दा तथा भत्र्सना गर्दछ । क्रान्तिको बाटो गतिशिल हुुन्छ । जित हार र चुनौती आइरहन्छ । त्यसकारण धैर्यता दृढतापुर्वक आफ्नो–आफ्नो मोर्चामा पहल कदमी लिन पार्टी सबै नेताकार्यकर्तामा अनुरोध गर्दछ । प्रेस आतंक र गृहयुद्ध उन्मुख सरकारी कदमको विरुद्ध प्रतिरोध गर्न अपिल समेत गर्दछ ।’

विज्ञप्ति सहित

thumbnail of purbi command press bigypti birahi2075-4-30
२०७५ साउन ३० गते बुधबार दिउँसो २ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :