नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेताकार्यकर्तालाई बिनासर्त रिहा गर – संयुक्त दलित मुक्ति मोर्चा

काठमाडौँ : केपी वली–पुष्पकमल दाहाल सरकारले नेकपाका प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरी, आँखामा कालो पट्टी बाढेको, मानसिक यातना र भौतिक यातना दिएकोप्रति संयुक्त दलित मुक्ति मोर्चा, नेपालले विरोध तथा भत्र्सना गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, नेकपा(क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चाका प्रतिनिधि राम नेपाली, वैज्ञाकि समाजवादी कम्युनिस्ट पार्टी निकट दलित विभागका संयोजक, राजकुमार हिङमाङले मंगलबार अपरान्ह संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डलगायत नेताकार्यकर्तालाई बिनासर्त रिहा गर्न जोडदार माग गरेका छन् । साथै, सरकारलाई समस्याको राजनीतिक ढंगबाट हल गर्न अनुरोध गर्दै राजनीतिक र विचारलाई निषेध गर्न खोजे आन्दोलन एक मात्र विकल्प हुने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

विज्ञप्ति सहित 


२०७५ साउन २९ गते मंगलबार बेलुका ८ ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :