नेपालबन्द सफल बनाउन सहयोग गर्ने सवैलाई नेकपाका महासचिव विप्लवद्वारा धन्यवाद


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफनो पार्टीले आह्वान गरेको नेपाल बन्दमा सहयोग र समर्थन गर्ने सबैपक्षलाई धन्यवाद दिएका छन् । मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफनो पार्टीले आह्वान गरेको नेपाल बन्दमा वक्तब्य निकालेर ऐक्यवद्धता जनाउने सवैलाई धन्यवाद दिएका छन् ।

साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् ।

विप्लवले पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार आह्वान गरिएको नेपालबन्द सफल बनाउने सम्पुर्ण वामपन्थी, देशभक्त, प्रगतिशिल शक्ति र जनताप्रति हार्दिक कृतज्ञता पनि ब्यक्त गरेका छन् । विज्ञप्ति सहित :
हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका जिम्मेवार नेता/कार्यकर्ताहरुलाई केपी—पिके सरकारले विशुद्ध राजनैतिक आस्थाका कारण पूर्वाग्रह साँधेर गिरफ्तार गरी अमानवीय यातना दिएपछि त्यसका विरुद्ध बाध्य भएर आन्दोलन घोषणा गरिएको थियो । नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता/कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो ।

यही क्रममा आज साउन २९ गतेका दिन नेपाल बन्दको घोषणा गरिएको थियो । कमरेड प्रकाण्ड लगायतका जतिपनि नेता÷कार्यकर्ताहरु अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी—पीकेहरुले भन्दै गरेको संघीय संविधानको विपरित रहेको उनीहरुले गरेका रवैयाले पुष्टि गरेको छ । अहिले हाम्रा कमरेडहरुको गिरफ्तारीलाई लिएर चौतर्फि विरोध भैराखेको छ । यसरी विरोध गर्ने संघ/संस्था, विशिष्ट व्यक्तिहरुप्रति हामी धन्यवाद दिन चाहन्छौँ । यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाई राखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशिल शक्तिहरुले बुझ्न ढिलो गर्नु हुँदैन । दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको यो सरकार र मुलरुपमा संसदीय व्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको छ ।

हाम्रो पार्टीले आह्वान गरेको यो नेपाल बन्दलाई समर्थन गर्दै वक्तव्य निकाल्ने सबै राजनैतिक शक्तिहरु, सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने, वामपन्थी, देशभक्त र प्रगतिशिल शक्ति, जनताप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै, हामीले शुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको सहयोग, साथ रहनेछ भन्ने पनि अपेक्षा राख्दछौँ ।२०७५ साउन २९ गते अपरान्ह ५ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :