बन्दको दिन दुई दर्जन बढि गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता, सर्मथक, शुभचिन्तक र सर्वसाधारणसहित दर्जन बढिलाई प्रहरीले विभिन्न ठाउँबाट गिरफ्तार गरेको छ । नेकपाका मेचीब्युरो सदस्य राम दास र असल लिम्बुलाई झापाबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई झापाको इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । यसैगरी नेकपा निकट अखिल (क्रान्तिकारी) का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण र जिल्ला सचिव तारा सन्ज्याललाई प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई काठमाडौँमा रहेको वीर अस्पतालमा विरामी भेट्न जाँदा प्रहरीले मंगलबार बिहान ६ बजे गिरफ्तार गरेको हो ।

आफ्ना नेताकार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहा गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ । यसैगरी ललितपुरबाट नेकपाका तीन जना कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा कुमार सिलवाल, चन्द्र परियार, जयराम श्रेष्ठ रहेका छन् । धादिङबाट विद्यार्थीका राजु श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी चितवनबाट १५ जना सर्वसाधारणलाई प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ । यसैगरी नेकपा रुकुममा ५ जना नेकपा समबद्ध ब्यक्तिहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । कैलाली सुखड नगरपालिकाका इन्चार्ज पक्राउ परेका छन् ।

२०७५ साउन २९ गते अपरान्ह ४ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :