नेपाल बन्दको प्रभाव देशैभरी ठाउँठाउँमा बम आतंक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपालबन्दको दिन देशैभरी बम विस्फोट र तोडफोडका घटना भइरहेका छन् । बन्दको प्रभाव देशब्यापी परेको छ भने काठमाडौंको सवारी आवागमन पनि प्रभावीत भएको छ । बन्दको दिन विभिन्न जिल्लामा बम फेला परिरहेका खबरहरु सार्वजनिक भइरहेका छन् भने बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले आगजनी र तोडफोड पनि घटना पनि गराएका छन् । मंगलबार दिउसो भक्तपुरको लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्रयाकमा रातो प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु फेला परेको छ । नेपाली सेनाको टोली बम डिस्पोजल टोली त्यसतर्फ गइरहेको खबर प्राप्त भएको छ । यसैगरी चितवनको भरतपुर महानगरलिकास्थित रिजालचोकमा शंकास्पद बस्तु फेला परेको छ । यसैगरी ललितपुरका विभिन्न स्थानमा पनि शंस्कास्पद बस्तु फेला परेको प्रहरी र स्थानीयले बताएका छन् । ललितपुरको चक्रपथ ग्वार्कोस्थित गुण सिनेमा हल नजिक र बटुक भैरम मन्दिर अगाडि राखेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ । काठमाडौँको धर्मस्थली र नैकाप उकालोमा पनि शंकास्पद बस्तु फेला परेको छ । यसैगरी बल्खु र सतुंगलमा शंकास्पद बस्तु फेला परेको खबर छ । यसैगरी पूर्व–पश्चिम राजमार्गको महोत्तरी बर्दिवास १ काठेपूलमा प्रेसर कुकर बम फेला परेको छ । बम फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । त्यस्तै बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै डडेलधुरामा मिनिटाटा र एक ट्रकमा पनि आगजनी गरिएका छन् ।

२०७५ साउन २९ गते मंगलबार दिउँसो १ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :