नेकपाका कार्यकर्ताले ओली, दाहाल र थापाको पुत्ला जलाए

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै कञ्चनपुरमा पुत्लादहन गरिएको छ । नेकपा कन्चनपुरले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेको हो । सोमबार साँझ ७ नम्बर प्रदेश सभाका सांसद प्रकाश रावलको घर अगाडि ओली, दाहाल र थापाको पुत्ला दहन गरिएको नेकपा कन्चनपुरले जनाएको छ । मशाल जुलुस सहित पुत्ला दहन कार्यक्रममा सहभागी भएका नेकपाका कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।
२०७५ साउन २८ गते बेलुका ८ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :