नेकपाका जिल्ला इन्चार्ज आर्जन र पत्रकार सुदर्शन गिरफ्तार, ब्युरो इन्चार्ज मिलनद्वारा भत्र्सना

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पर्शा जिल्ला इन्चार्ज कमरेड लक्ष्मण उप्रेती ‘आर्जन’ र पत्रकार तथा मानवअधिकारकर्मी सुदर्शन पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । दुबैजनालाई उपहरण सैलीमा आइतबार दिउँसो ४ बजे प्रहरीले गिरफ्तार गरेकोप्रति नेकपा नारायणी ब्युरोका इन्चार्ज मिलनले सोमबार प्रेस विज्ञप्ति जारी गरी विरोध तथा भत्र्सना गर्दै तत्काल बिनासर्त रिहाइको माग गरेका छन् ।

ब्युरो इन्चार्ज मिलन विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक दलाल पुँजीवादको मतिहार केपी नेतृत्वको राष्ट्र तथा जनविराधी सरकारले हाम्रो पार्टीका स्थायी समिति सदस्य तथा प्रवत्ता कमरेड प्रकाण्ड, पार्टी पोलिटब्युरो सदस्यहरु कमरेड विकाश, कमरेड ओमप्रकास पुन, कमरेड जिवन्त, कमरेड गम्भीर केन्द्रीय सदस्य कमरेड देवनारायण शाह लगायत थुर्पै नेता कार्यकर्ताहरुलाई विनाकारण संकटकालको झल्को दिनेगरी अपहरण सैलीमा गिरफ्तार गर्ने, झुट्टा मुद्धामा फसाउन षडयन्त्र गर्ने कार्य गरेर आफ्नो सामाजिक दलाल पुँजीवादी पहिचानलाई जनतासामु उदाङ्गो पारेको छ । राज्यको यसप्रकारको कार्यले एकातिर जनतालाई एकतर्फी युद्धको संघारमा जबर्जस्त घकेलिरहेको छ भने अर्को तिर आफ्नो चिहान हाफै खन्ने प्रतिगामी बाटोमा केपी मण्डली अघि बढेको छ ।’

‘राज्यको गलत जनविरोधी गतिविधी र गिरफ्तारीको बिरुद्ध हाम्रो पार्टीले यहि २०७५ साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ । नेपाल बन्दलाई सफल पार्न नारायणी ब्युरोको तर्फबाट सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दै, राज्यको गैरजिम्मेवार, षडयन्त्रकारी सामाजिक दलाल पुँजिवादको गर्भबाट जन्मेको सामाजिक फासीवादी कृयाकलाप र गतिविधीको डटेर प्रतिवादमा उत्रन मातहतका सवै पार्टी पङ्ती र न्यायप्रेमी जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

२०७५ साउन २८ गते दिउँसो ३ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :