साउन २९ गतेको नेपाल बन्दलाई १३ संगठनद्वारा समर्थन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भोली अर्थात साउन २९ गते नेपाल बन्दको घोषणालाई सफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संगठन (क्रान्तिकारी) की अध्यक्ष सविता सिंह, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष टिकाप्रसाद कंडेल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावल, संयुक्त उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष युवराज पराजुली, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, नेपाल निर्माण व्यवसायी संगठनका अध्यक्ष नवराज खड्का, दलित मुक्ति मोर्चा, नेपालका उपत्यका संयोजक हरी नेपाली, नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनका अध्यक्ष सुरेश चौधरी र योङ रेड फोर्स, नेपालकी उपाध्यक्ष मिना चलाउनेले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको समर्थन गर्दै आमसमुदायलाई बन्द सफल पार्न आह्वान गरेका छन् ।

संयुक्त संगठनले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै सम्पूर्ण राजबन्दीको बिनासर्त रिहाइको माग गरेका छन् ।

साथै, संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सहयोग सबै देशभक्त, गणतन्त्रवादी तथा लोकतान्त्रिक पक्षधर जनसमुदायलाई हार्दिक अपिल सकेत गरिएको छ ।
 संयुक्त विज्ञप्तिको पूर्णपाठ-

२०७५ साउन २८ गते दिउँसो २ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :