अखिल (क्रान्तिकारी) जनकपुर ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जनकपुरको क्षेत्रीय समन्वय समितिको एक दिने राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाही प्रमुख, नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेलको विशेष आतिथ्यमा शनिबार उक्त कार्यक्रम जनकपुरो ब्युरोको महोत्तरीमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सदन्देश पौडेलले समसामयीक वैचारिक, महासचिव शाहीले  विद्यार्थी आन्दोलनको बारेमा क्रान्तिकारीहरुले चाल्ने कदमको विषय, अखिल (क्रान्तिकारी) की सचिव सन्तोसी भट्टराईले विद्यार्थी आन्दोलन इतिहासको बारे र नेकपा जनकपुर ब्युरोको स्कुलिङ विभागका प्रमुख तीर्थ राईले दर्शनको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जनकपुर ब्युरोका ६ वटा जिल्लाबाट ब्युरो स्तरीय नेताहरु सहभागि भएका थिए ।

२०७५ साउन २८ गते बिहान ११ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :