सुकुम्बासी संघ कास्कीका अध्यक्ष घिमिरे पूनः गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका एक जना कार्यकर्तालाई शनिबारै रिहा गरे पनि पूनः प्रहरीले गिरफ्तार गरेको छ । नेकपा निकट क्रान्तिकारी भूमीहिन स्कुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरेलाई आइतबार आफ्नो घरमा बसिरहेको अवस्था प्रहरीले पूनः गिरफ्तार गरेको हो ।

एक महिना अगाडी प्रहरीले पार्टीका तीन जना पोलिटब्युरो सदस्य भरत बम, पदम राई र ओम पुनलाई गिरफ्तार गरेको थियो भने उनीहरु मध्ये बम रिहा भएका छन् भने राई र पुन अझै हिरासतमा छन् ।

त्यस्तै अघिल्लो हप्ता मात्र पार्टीका दुई जना पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय काभ्रे लिएर हिरासतमा राखेको छ ।

यस्तै सोमबार पार्टीका केन्द्रीय सदस्य आजाद खत्रीलाई भक्तपुरस्थित उनकै कोठाबाट गिरफ्तार गरेको थियो भने त्यसको भोलिपल्ट मंगलबार पार्टी प्रबक्ता प्रकाण्ड र बिहिबार कुमाललाई गिरफ्तार गरेको हो ।

मंगलबार साझ पार्टीका प्रवक्ता प्रकाण्डलाई काठमाडौँबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । त्यस्तै प्रहरीले बिहीबार गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई गिरफ्तार गरी हिरासतमै राखेको छ ।

ओली–प्रचण्ड नेतृत्वमा रहेको सरकारले राजनीति गरेवापत र फरक विचार राखेवापत आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्द छ । प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेपछि पार्टी संघर्षमा जाने भएको हो ।

२०७५ साउन २७ गते आइतबार दिउँसो २ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :