तामाङ मुक्ति मोर्चा काठमाडौँको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा साङ्गे

 

काठमाडौँ : तामाङ मुक्ति मोर्चा, काठमाडौंको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । तामाङ मुक्ति मोर्चा, नेपालका अध्यक्ष तथा ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख मानिक लामाको प्रमुख, तमुवान मुक्ति मोर्चा, नेपालका अत्यक्ष मकर गुरुङ, काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटि, नेवा मुक्ति मोर्चा, नेपालका अध्यक्ष राजेन्द्र महर्जन आतिथ्यमा सयौं तामाङहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको हाे ।

सम्मेलनले साङ्गे तामाङको अध्यक्षतामा ७ सदस्यपछि थप्ने गरी २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिहरुमा उपाध्यक्षद्वय विकास तामाङ र दिप तामाङ, सचिव दिव्य लामा, सहसचिव प्रदिप तामाङ, कोषाध्यक्षमा डोल्मा तामाङ छन् ।

सदस्यहरु बलरामा तामाङ, पशुपति थिङ, किरण तामाङ, विशाल तामाङ, टेक लामा, तेज लामा, सञ्जित तामाङ, मदन जिम्बा, सानुकान्छा तामाङ, अग्नी वाइवा, अरुण लामा, कुमाल तामाङ, सोनाम तामाङ रहेका छन् ।

प्रमुख अतिथि मणिक लामाले स्वाशासन आत्मनिर्णयको अधिकार बिना तामाङ जनसमुदायको परिवर्तन नहुने हुँदा त्यसको निम्ति एकीकृत जनक्रान्तिमा लामबद्ध भई वैज्ञानिक समाजवादी बाटोमा अघि बढ्न सम्पूर्ण तामाङ जनसमुदायमा अपिल गरेका छन् ।

त्यस्तै तमुवान मुक्ति मोर्चा, नेपालका अत्यक्ष मकर गुरुङ र नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी भृकुटीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन व्यक्त गरेका थिइन् ।

कार्यक्रमको सञ्चालन दिव्य लामाले गरिएको थियो भने कार्यक्रमको अध्यक्षतासमेत गरेका साङ्गे तामाङले तामाङ समुदायको निम्ति जस्तोसुकै परिस्थितिमा विचलित नभईकन पार्टीले लिएको एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन गरिएको थियो ।
२०७५ साउन २७ गते आइतबार दिउँसो ३ :४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :