नेकपाका जिल्ला नेताहरुलाई स्थानीय जनताले चौकीबाट यसरी हिरासत मुक्त गराए

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेपछि आक्रोशित स्थानीयहरूले उनीहरूलाई प्रहरीको हिरासतबाट मुक्त गराएका छन् ।

शुक्रबार रोल्पा घर्तीगाउँमा नेकपाका प्रवक्तासहित गिरफ्तार नेता–कार्यकर्ताको विरोधमा शान्तिपूर्ण कार्यक्रम गरिरहेको बेला कार्यक्रमस्थलबाटै स्थानीय कार्यकर्ता गिरफ्तार गरेपछि त्यसको एक दिनपछि स्थानीयहरूको ठूलो समुह प्रहरी चौकी गई आफ्ना स्थानीय नेतालाई प्रहरीको हिरासतबाट मुक्त गराएका हुन् ।

रोल्पाको माडी गाउँपालिका अन्तर्गत पर्ने घर्तिगाउँ बजारमा व्यापक जनसहभागितामा रिहाइको मागगर्दै कोणसभा गर्दै गर्दा पक्राउ परेका नेकपा रोल्पा जिल्ला समिति सदस्य दिनेश र सुर्यलाई बिनाकारण प्रहरीले गिरफ्तार गरी ईलाका प्रका घर्तिगाउँमा राखेको थियो ।

ठूलो संख्यामा रहेका आक्रोसित पश्चिम रोल्पाली जनताहरुले ईप्रका घेराउ गरी प्रहरीकै कब्जाबाट दिनेश र सुर्यलाई मुक्त गरेरका हुन् । प्रहरीले नेकपाका प्रवक्ता प्रकाण्डलाई काठमाडौंको खक्षिणकालीबाट पक्राउ गरेको थियो ।

उनलाई अहिले महानगरिय प्रहरी परिसर महाशाखा टेकुमा राखिएको छ । उक्त पार्टीले साउन २६ गते कोणसभा देखि साउन २९ गते नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ ।
२०७५ साउन २७ गते बिहान १० : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :