सुकुम्बासी संघ कास्कीका अध्यक्ष घिमिरेसहित २ जना गिरफ्तार

ओम हमाल  /  पोखरा :  नेपाल कम्युनिस्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरु नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन स्कुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति सम्मेलन आयोजक समिति सदस्य सागर काफ्ले रहेका छन् । उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

२०७५ साउन २६ गते शनिबार बिहान ११ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :