नेकपाका दुई जिल्ला नेता गिरफ्तार

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाका दुई जिल्ला सदस्य दिनेश ओली र सुर्य खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई माडि गाउँपालिका २ घर्ति गाउँबाट शुक्रबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तारीको विरोधमा कोणसभा गर्दै गर्दा दुबैजनालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारीको नेकपा रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले निन्दा गरेका छन् ।
२०७५ साउन २५ गते बेलुका ११ : ०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :