प्रकाण्डद्वारा भ्रामक समाचारको खण्डन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले भ्रामक, तथ्यहीन षड्यन्त्रपूर्ण समाचारप्रति आपत्ति जनाउँदै खण्डन गर्नु भएको छ ।  प्रवक्ता प्रकाण्डले आफू गिरफ्तारीको विषयलाई लिएर काठमाडौँको दरबारमार्ग स्थित पाँच तारे होटल अन्नपूर्णकी सञ्चालक श्रीजना राणाकाे नाम जाेडेर समाचार बाहिर आयो त्यो सरासर झुठ्ठा भएको बताउनु भएको हाे । भ्रामक समाचार प्रकाशित भएपछि पत्रकारहरु टेकु हिरासतमा रहनु भएको प्रवक्ता प्रकाण्डसँगको शुक्रबार भेटघाटमा उहाँले भन्नुभयो ‘काठमाडौँको दरबारमार्ग स्थित पाँच तारे होटल अन्नपूर्णकी सञ्चालक श्रीजना राणासँग कुनै पनि सम्बन्ध र सम्पर्क नभएको’ बताउनुु भएको छ ।
२०७५ साउन २५ गते शुक्रबार बेलुका १० : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :