प्रकाण्डलगायत नेताकार्यकर्ताहरू रिहाइको माग राख्दै देशैभरी कोणसभा

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप देशव्यापी कोणसभा कार्यक्रम सुरु भएको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज अर्थात शुक्रबार देशव्यापी कोणसभा कार्यक्रम गर्न लागेको हो । यसैबीच नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा अखिल क्रान्तिकारी) क्याम्पस जिल्लाका अध्यक्ष उशाकिरण आजदलगायत नेतारुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ले चेतावनी पनि दिएका छन् । साथै, उनीहरुले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्ष अगाडि बढनु भएका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा बताएका थिए । 

यसैगरि पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका पार्टीका नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै नेकपा, जाजरकोटले शुक्रबार खलंगाको ठाटीमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा, जाजरकोटका सेक्रेटरी केवी मल्लले सम्बोधन गरेका थिए । नेकपा कैलालीद्धारा कैलालीको अत्तरियामा काेणसभा सम्पन्न गरेकाे समाचार प्राप्त भएकाे छ । उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।
२०७५ साउन २५ गते दिउँसो ३ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!