अखिल (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा भण्डारी

प्रदीप पाठक/ नवलपरासी : अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन भव्यताका साथ बर्दघाटमा सम्पन्न भएको छ । सम्मेलनबाट सारदा भण्डारी अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यता, नेकपा लुम्बिनी ब्युरो सदस्य एवम् रुपन्देही इन्चार्ज शरद वली र नेकपा नवलपरासी इन्चार्ज सुमनको विशिस्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।


सम्मेलनमा अन्य अतिथिहरु नेकपा नवलपरासी सेक्रेटेरी डा.शिवशंकर बस्याल, अखिल क्रान्तिकारी लुम्बिनी व्युरो संयोजक सुनिल बन्जाडे र लुम्बिनी व्युरो सदस्य रुपा रमेश,मुक्ति ,विकल्प र क.सुमनले बधाई मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा सामना परिवारको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

प्रमुख अतिथि रुद्र भट्टराईले शिक्षामा विदेशी हस्तक्षेप बढ्दै गएकोे र शिक्षा दलालीकरण भ्रष्टाचारकोे व्यापारको उदगम स्थलका रुपमा चिनिएकोले त्यसलाई जोगाउनका लागि सम्पूर्ण विद्यार्थीहरु एक हुँदै अगाडि बढ्नु पर्ने बताए विशिस्ट अतिथि वलिले निजीकरण, व्यापारीकरणको विरुद्ध संघर्ष गर्दै वैज्ञानिक र समाजवादी व्यवहारिक शिक्षाको आवश्यकता पर्ने भएकोले सम्पूर्ण परिवर्तनकारी र युगान्तकारी विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए । सारदा भण्डारीको अध्यक्षता प्रतीक्षा उपाध्यायको स्वागत र पारस राहादी मगरको सन्चालनमा सम्मेलन सम्पन्न भएको छ ।

२०७५ साउन २६ गते शनिबार मध्यान्न १२ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :