महिला हिंसाविरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ : बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न गएका छात्राको चरित्रमाथि गम्भीर आँच आउने गरी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले दिएको अभिव्यक्ति, रोजगारीका लागि बिदेसिने महिलाको पीडा, चेली बेचबिखन, भारतबाट उद्धार गरिएका ७३ जना महिलासम्बन्धी घटना, सामाजिक कुसंस्कारले महिलामाथि भएको असुरक्षा अन्त्य गर्न विभिन्न राजनीतिक दल सम्बद्ध पाँच महिला सङ्गठनको संयुक्त सङ्घर्ष समितिले गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएको छ । टोलीमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, अनेमसङ्घ क्रान्तिकारी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), महिला शक्ति नेपाल, अखिल नेपाल महिला सङ्घ र नेपाल प्रगतिशील महिला सङ्घ थिए । साउन १८ गते ज्ञापनपत्र बुझाउन गएको टोलीलाई गृहमन्त्री थापाले हिंसाका विरुद्ध महिला आफैँले सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।
२०७५ साउन २५ गते शुक्रबार बिहान १० : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :