नेकपाका इन्चार्ज कुमाल गिरफ्तार

गोर्खा : नेपाल कम्युनिस्ट पार्टीका गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । कुमाललाई बिहीबार गोर्खाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ । यसैबीच नेकपा गण्डकले आफ्ना जिल्ला इन्चार्ज कुमाललाई पक्राउ प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा (आस्था)ले आफ्ना कार्यकर्तालाई बिनाकारण राज्यले गिरफ्तार, धरपकड गर्नु राज्यको गैरजिम्मेवारी पन भएको बताएकी छिन् । गिरफ्तारीमा परेका जिल्ला इन्चार्जलाई बिनासर्त रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएकी छिन् ।

याे पनि पढ्नुहाेस्

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार, प्रतिरोधमा २९ गते नेपाल बन्द

२०७५ साउन २४ गते बिहीबार दिउँसो ९:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :