नेपाल बार एशोसिएसनका अध्यक्ष केसीद्वारा नेकपाका प्रवक्ता प्रकाण्डसँग भेटघाट

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई नेपाल बार एशोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बिहीबार टेकु प्रहरी हिरासतमा भेटघाट गरेका छन् । मङ्गलबार बेलुका ७ ः ३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तारीमा परेका प्रवक्ता प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो । प्रवक्ता प्रकाण्ड पक्राउ चौतर्फी विरोध भैरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले नै विरोध तथा भत्र्सना गर्दै बिनासर्त रिहाइको माग गरेका छन् ।
२०७५ साउन २५ गते दिउँसाे  २ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :