नेकपाका केन्द्रीय सदस्य आजाद गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । पारिवारिक स्रोतका अनुसार केसीलाई भक्तपुरमा रहेको आफ्नै डेराबाट मंगलबार अपराह्न प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले नेता केसीलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन । कोठामा बिसरहेको अवस्थामा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गर्नु राज्यको गैर जिम्मेवारीपन भएको स्पस्ट भएको छ । पछिल्लो समयमा नेकपाका केन्द्रीय स्तरका नेताहरुलाई बिनाकारण धरपकड, गिरफ्तार गर्ने र उक्त पार्टीको  शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप बढाउँदै अाएको छ । प्रचण्ड-आली सरकारले नागरिकको मौलिक हकसमेत उल्लंघन गरेको भन्दै मानवअधिकारकर्मी, नेपाली कांग्रेसलगायतहरुले विरोध गर्दै अाइरेका छन् । यो भन्दा पहिले नेकपाका चार जना पोलिट ब्युरो सदस्य पदम राई, ओम पुन, कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त)लाई विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको थियो ।  
२०७५ साउन २२ गते मंगलबार ५ : ४०मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :