रुपन्देहीको सैनामैनामा ओली

पारस राहादी मगर/बुटवल  : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले ब्युरोका विभिन्न जिल्लाहरुमा संगठन निर्माण तथा सुदृढीकरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकाको प्रथम सम्मेलन सम्पन्न सम्पन्न गरेको छ । सम्मेलनले इन्दु ओलीको अध्यक्षतामा ३३ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त संगठनका केन्द्रीय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल बन्जाडेको प्रमुख आतिथ्यता, नेकपा रुपन्देही जिल्ला सचिवालय सदस्य एवं ४ नं. कमान्ड इन्चार्ज नवीन थारु, सैनामैना नगर सेक्रेटरी प्रेमचन्द्र भुसालको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा वक्ताहरुले शिक्षामा भइरहेको निजीकरण, व्यापारीकरणको विरुद्ध संघर्ष गर्दै वैज्ञानिक र समाजवादी शिक्षाको पक्षमा एक हुनुपर्ने बताए । सम्मेलनमा सैनामैना नगरपालिकाभित्रका झण्डै २ सय विद्यार्थीको सहभागिता रहेको थियो । सम्मेलन इन्दु ओलीको अध्यक्षता, गणेश पौडेलको स्वागत र पारस राहादी मगरको संचालनमा सम्पन्न भएको थियो ।
२०७५ साउन २२ गते मंगलबार दिउँसाे ३ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :