किरात–लिम्बूवान–खम्बुवान राज्यकाे माग राख्दै बन्द

 

इलाम : राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले आह्वान गरेको इलामसहित ९ जिल्ला बन्द गरेका छन् । बन्दका कारण उक्त जिल्लाहरुमा बिहान देखि यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द भएका छन् । वर्तमान संविधानले मुलुकमा जाति, वर्ग, लिंग र समुदायलाई संवैधानिकरूपमा अधिकार माग राख्दै उक्त पार्टीहरुले बन्द आह्वान गरेका हुन् । प्रदेश नं.१ को नाम किँरात–लिम्बूवान–खम्बुवान हुनुपर्ने बन्दकर्ताद्वारा जारी अपिलपत्रमा उल्लेख छ ।

२०७५ साउन २२ गते मंगलबार दिउँसो २ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :