अपहरणमा परेका बालकको शव फेला, प्रहरीकाे गाेलीबाट दुई अपहरणकारीको मृत्य

काठमाडौँ : आइतबार काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेका बालकको हत्या भएको छ । अपहरणमा परेका निसान खड्काको शव ठिमीको निर्माणाधिन भवनमा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । अपहरणकारीले खड्काको परिवारलाई फोन गरेर मोटो रकम मागेका थिए ।

उक्त बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई अपहरणकारीको मृत्यु भएको छ । अपहरणमा परेका बालकको खोजीको लागि परिचालन भएको प्रहरी र अपहरणकारीबीच डोलेश्वरमा गोली चलेको थियो । गोगीबाट मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ छन् । उनीहरुले पैसा माग्न प्रयोग गरेको सीम पनि फेला परेको उनले बताए ।
२०७५ साउन २१ गते साँझ ६ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :