अखिल (क्रान्तिकारी)ले माग्यो सिटिईभिटी पदाधिकारीको राजिनामा यस्तो छ कारण

काठमाडौँ  :  सिटिईभिटीले आज हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । सोमबार अखिल (क्रान्तिकारी)को सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर विकले प्रेस विज्ञप्ति जारी गर्दै रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको बताएका छन् ।

संयोजक विकले पारदर्शी र व्यवस्थित रुपमा पवेश परिक्षा सञ्चालन गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजिनामा मागेका छन् ।

उनले विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “पारदर्शी र ब्यबस्थित रुपमा प्रवेश परीक्षा सञ्चाल गर्ने हैसियत नराख्ने सिटिइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामा गर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं”

त्यसैगरी संयोजक विकले डिप्लोमा तहको बर्गिकृत छात्रबृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थथित गरेर घृणित कार्य गरेको बताएका छन् ।

विद्यार्थीको भविश्यसँग खेलवाड भएको भन्दै संयोजयक विकले विज्ञप्तिमा भनेका छन्, “प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं विद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम विद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।”

संयोजक विकले राज्यका शैक्षिक निकायहरु विद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं विद्यार्थी पीडित हुनु परेको भन्दै निन्दा गरेका छन् ।
सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो ।

यस्तो छ विज्ञप्ति

हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) नेपालको वर्तमान दलाल पँुजीवादी शिक्षा प्रणालीको बिकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको लागि एकीकृत जनक्रान्तिको चुनौतीपूर्ण संघर्षमा रहेको कुरा सर्बबिदितै छ ।

यसै सन्दर्भमा सिटिइभीटीद्धारा यस शैक्षिक शत्रका लागि प्राबिधिक एस.एल.सि.पूर्ण शुल्कतर्फको प्रबेश परीक्षा आज अर्थात श्रावण २१ गते दिउँसोको २ बजे तोकिएकोमा विशेष कारणको नाटक गरेर रातारात स्थगित गरिएकोप्रति घोर आपत्ति प्रकट गर्दछौं । डिप्लोमा तहको बर्गिकृत छात्रबृत्ति अन्तर्गत धनगढी, जनकपुरलगायतका परिक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिनले निष्कर्ष नआउँदै बिशेष कारणको हवालादिएर आजको परिक्षा स्थगितगर्ने गराउनेहरु बिद्यार्थीलगायतजनताको नजरमा घृणाको र आक्रोशको पात्र बनेका छन् ।

प्राबिधिक क्षेत्रतर्फ गन्तब्य बनाएका हजारौं विद्यार्थीहरुको भबिष्यसँग सम्बन्धित परीक्षाजस्तो संबेदनशिल बिषयमा खेलबाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं । साथै तुरुन्तै पारदर्शी ढङ्गले प्रबेश परिक्षा सञ्चालन गर्न जोडदार माग गर्दछौं ।

राज्यका शैक्षिक निकायहरु विद्यार्थीहरुको हितको पक्षमा न्युनतम समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रबेश परिक्षा र एसइइको पुरक परिक्षाको तालमेल नमिल्दा समेत हजारौं विद्यार्थी पीडित हुने भएका छन् । यसकाविरुद्ध समेत हाम्रो संगठन घोर निन्दा गर्दै विर्थीलाई सहज हुने गरि परीक्षा सञ्चालन गर्न माग गर्दछ ।

अन्त्यमा, पारदर्शी र ब्यबस्थित रुपमाप्रबेश परिक्षा सञ्चालन गर्ने हैसियत नराख्ने सिटिइभीटीका पदाधिकारीहरु उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजिनामागर्न जोडदार माग गर्दछौं । निहित स्वार्थका लागि सिटिईभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दीबनाउने कार्य गर्ने जो सुकै ब्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्बाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं ।
२०७५ साउन २१ गते बिहान दिउँसो १२ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :